रिब्दीकोट र रैनादेवी छहराले दोश्रो सुन्तला महोत्सव गर्ने

तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाले संयुक्त रुपमा दोश्रो सुन्तला महोत्सव गर्ने तयारी गरेका छन ।रिब्दीकोट गाउँपालिकाका आठ वटा वडामध्ये चारवटा वडा र रैनादेवीका केही वडाका किसानहरू केही वर्ष यता व्यवसायिक रूपमा सुन्तला खेतीमा लागेका छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो।स्थानीय किसानहरूका अनुसार खेतबारीमा फल्ने धान, मकै र गहुँबाट हुने आम्दानीको तुलनामा त्यति नै क्षेत्रफलमा लगाइएको सुन्तलाबाट निकै बढी आम्दानी हुन्छ। श्रम पनि कम पर्छ । अन्न खेतीबाट भन्दा सुन्तलाबाट घर खर्च धान्न सजिलो हुने भएपछि किसानहरू सुन्तलाखेतीमा आकर्षित भएका हुन् ।रिब्दीकोट र रैनादेवी छहराका अधिकांश किसानले पाखोबारीमा लगाएका बगैँचाबाटै वार्षिक एक लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गरेका छन् ।

किसानहरू कात्तिक लागेपछि फाटफुट रूपमा सुन्तला बेच्न सुरु गर्छन् । मध्य मंसिरमा आइपुग्दा उनीहरू सुन्तला टिपेर बजार पुर्‍याउने प्रबन्ध गर्न व्यस्त हुन्छन् । पाकेका सुन्तलाले बगैँचा पहेँलै भएको छ । यही मौकामा रिब्दीकोट गाउँपालिकाको आयोजनामा ूरिब्दीकोट रैनादेवी छहरा दोश्रो सुन्तला महोत्सव( २०८१ू हुने भएको छ । सोमबार रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको बैठकले दोश्रो सुन्तला महोत्सव( २०८१ गर्ने निर्णय गरेको हो ।छलफल कार्यक्रम रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईको प्रमुख आतिथ्यता एवं रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीको बिशिष्ट आतिथ्यता तथा रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौली, पाल्पामा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

दुबै पालिकाको संयुक्त छलफलबाट ूरिब्दीकोट रैनादेवी छहरा दोश्रो सुन्तला महोत्सव( २०८१ू यहि मंसिर २१ र २२ गते रैनादेवी छहरा गाउँपालिका वडा न। ५ स्थित कटौजेपानी खेल मैदानमा संचालन गर्ने निर्णय गरि छलफल कार्यक्रम सम्पन्न गरिएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो ।

सुन्तला खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएकाले खेतीमा निरन्तरताका लागि प्रोत्साहन गर्न र सुन्तलाको बजारीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो । दोश्रो सुन्तला महोत्सव( २०८१ लाई ब्यवस्थित रुपमा संचालन गर्नका लागी रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मांगत भट्टराईको संयोजकत्वमा मुल समारोह समिती समेत गठन गरिएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष भट्टराईले स्थानीय सरकारको सहयोगले कृषकहरूलाई प्रोत्साहन मिल्ने विश्वासले महोत्सव आयोजना गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च