तानसेन । आज बाट पाल्पा महोत्सव बगनासकाली गाउँपालिका चिर्तुङ्गधारा १ चिलाङ्दी खेल मैदान मा सुरु भएको छ । बगनासकाली गाउँपालिकाको प्रवद्र्धन र कुटुम्ब मिडिया नेटवर्क प्रालिको आयोजनामा मंगलबारदेखि महोत्सव सुरु भएको हाे । १८ गतेसम्म सञ्चालन हुने महोत्सवको एक कार्यक्रमकाबिच शुभारम्भ गरिएको हो ।
विगत वर्षमा हुने महोत्सव भन्दा यो महोत्सवमा साँस्कृतिक कार्यक्रमलाई फरक र आकर्षक बनाउने प्रयास गरिएको आयोजकको भनाई छ । हामीले साँस्कृतिक कार्यक्रम अन्तरगत सबै विधा र विशेषतालाई जोड्ने प्रयास गरेका छौं साँस्कृतिक कार्यक्रमलाई फरक र आकर्षक बनाउने प्रयास गरिएको र दर्शकको अपेक्षा अनुसार मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
महोत्सवको मन्त्री परिषद्का अध्यक्ष एव पूर्व प्रधान न्यायधीस खिलराज रेग्मी शुभारम्भ गरेका हुन् । महोत्सव शुभारम्भ गर्दै मन्त्रीपरिषदका अध्यक्ष रेग्मीले पाल्पा महोत्सवले स्थानीय लोपन्मुख कलासंस्कृति, कृषि उत्पादन, कृषि औजार, प्रचार–प्रसार तथा प्रवद्र्धन गर्न ठूलो सहयोग मिल्ने बताए ।
कार्यक्रमा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरी प्रसाद पाठक, लुम्बिनी मेडिकल कलेजका अध्यक्ष गोपालबहादुर पोखरेलले सञ्चारक्षेत्रमा लागेका युवाहरुको जोस जागरका साथ फरक प्रकृतिको अभियानमा लागेर युवाहरुलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेको बताए ।
महोत्सवको शुभारम्भ संस्कृतिर देशप्रति केन्द्रित गतिविधिीमा केन्द्रित रहेको थियो । महोत्सवमा भाषण भन्दा स्थानीय स्थानीय कलासंस्कृति झ्याउरे, सोरठी, रत्यौली, बालन, भजन, कौडा, मारुनी, लाखे, पञ्चेबाजा, लोपोन्मुख कुमाल, बोटे लगायतको कलासंस्कृति जर्गेना गर्ने प्रचार –प्रसार गर्ने मुख्य अभियान नै रहेको महोत्सव संयोजक नारायण न्यौपानेले बताए । महोत्सवमा १ सय ५० स्टल रहेका छन् भने १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र ३ करोड बरावरको कारोवार हुने अपेक्षा रहेको महोत्सवका सह–संयोजक यज्ञमुर्ति तिमिल्सेनाले बताए ।
महोत्सवमा स्थानीय घरेलु तथा कुटिर उद्योगबाट उत्पादित दुना टपरी, पाल्पा कारागारमा उत्पादन भएका बासका सरसमानहरु, स्थानीय कृषि औजार, बगनासकाली गाउँपालिका नौ वटै फरक –फरक प्रकृतिको कृषि उत्पादन प्रदर्शनीले महोत्सवलाई आर्कषण बनाएको छ । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षतामा भएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक यज्ञमुर्ति तिमिल्सेनाको स्वागत र महोत्सव मुल समितिका संयोजक नारायाण न्यौपानेको सञ्चालनमा भएको थियो । महोत्सव शुभारम्भअघि विभिन्न समुहबाट बाजागाजा झाँकी सहित गाउँपालिकादेखी चिलाङ्दी चोकसम्म र्याली निकालिएको थियो ।
महोत्सवमा पौष १० गते गायिका प्रिति आले लोक तथा दोहोरी गायक गणेश अधिकारी,तथा स्थानिय कलाकारको प्रस्तुति रहने आयोजकले जनाएको छ । महोत्सव पौष १८ महोत्सवमा सम्म चल्नेछ ।