तानसेन , पाल्पा रिब्दीकोट गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशनको पहिलो बैठक मंगलबारदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ । आज एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष नारायण बहादुर कार्कीले अधिवेशन शुभारम्भ भएको घोषणा गर्नुभएको थियो ।
गाउँसभामा बोल्दै अध्यक्ष कार्कीले यो अधिवेशन हिउँदै अधिवेशन भएकोले यो अधिवेशनलाई विधान कार्यान्वयन अधिवेशनको रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले १६ औं अधिवेशनसम्म आइपुग्दा पालिकाको सामथ्र्य र क्षमताले भ्याएसम्म विभिन्न क्षेत्रसँग सम्बन्धित ऐन, कार्यविधि र मापदण्ड निर्माण गरी जारी गरेको उल्लेख गर्नुभयो ।
१६ औं अधिवेसनको पहिलो बैठक उपाध्यक्ष कान्ता अधिकारी , नि. प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल एवं सभाका सदस्यहरु लगायत गाउँ कार्यपालिका मातहतका कर्मचारीहरुको उपस्थितिमा सम्पन्न भएको छ ।