रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभा तथा हिउँदे अधिवेशन सुरु

तानसेन -पाल्पा, रैनादेवी छहरा गाउँपालिकाको गाउँ सभा तथा सत्रौँ अधिवेशन आज देखि गाउँपालिकाको सभाहल, अमलाबासमा सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष रुक्माङ्गत भट्टराईले सभा तथा सत्रौँ अधिवेशन शुभारम्भ भएको घोषणा गर्नुभएको थियो ।
आज भएको अधिवेशनको पहिलो बैठकमा उपाध्यक्ष युवराज थापाले न्यायिक समितिको प्रतिवेदन, योजना अनुगमन प्रतिवेदन र राजस्व परामर्श समितिको प्रतिवेदन सभाध्यक्ष रुक्माङ्गत भट्टराई मार्फत सभा समक्ष पेश गर्नुभएको थियो ।
पेश भएका प्रतिवेदनहरू गाउँसभाका सदस्यहरुले अध्ययन गरे पश्चात अधिवेशनको दोस्रो बैठकमा छलफल गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँसभाको यो अधिवेशन विशेष गरी विधेयक, कार्यविधि बनाउन केन्द्रित रहने पालिकाले जनाएको छ ।

गाउँपालिकाद्वारा सम्पादन गरिएका कार्यहरू समेटिएको प्रगति प्रतिवेदन  प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाले सभामा जानकारी गराउनुभएको थियो ।

गाउँपालिकाका विविध क्षेत्रमा भए गरेका विकास निर्माण तथा समसामयिक विषयहरूमाथि गहन छलफल र समीक्षा गर्दै आगामी दिनका कार्ययोजना अनुरुप अगाडि बढ्ने लगायतका विषयमा निर्णय गरिएको गाउँसभाका अध्यक्ष रुक्माङ्गत भट्टराईले जानकारी दिनुभयो । अधिवेशनको सहजीकरण गाउँपालिकाका प्रमुख प्रशासकीय कृष्ण प्रसाद तिमिल्सिनाले गर्नुभएको थियो ।

अधिवेशनको दोस्रो बैठक पुष २४ गते बस्ने गरी पहिलो बैठक समापन भएको पालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च