साबुन उत्पादन गर्ने उद्यमीहरुलाई स्तारोन्नती सम्बन्धी सीप विकास तालिम

पाल्पा ,रामपुर नगरपालिका वडा नं.२ का साबुन उत्पादन गर्ने उद्यमीहरुलाई स्तारोन्नती सम्बन्धी सीप विकास तालिम प्रदान गरिएको छ । अर्गानीक नुहाउने साबुन उत्पादन गर्ने उद्यमीहरुलाई थप स्तरोन्नती सम्बन्धी हार्पिक,फिनेल,ह्याण्डवास र कपडा धुने डल्ला साबुन सम्बन्धी सीप विकास ५ दिने तालिम प्रदान गरिएको छ । रामपुर नगरपालिकाले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत महिला दिदिबहिनीहरुलाई तालिम प्रदान गरिएको हो । तालिमको विहिबार एक कार्यक्रमका विच समापन गरिएको छ ।

रामपुर नगरपालिका वडा नं.२ का अध्यक्ष कृष्ण बहादुर दर्जीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गिरिराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि घिमिरेले स्थानीय स्तरमा हुने यस्ता विभिन्न कार्यक्रमले रोजगारीको सृजना संगै आयस्तरमा वृद्धि गर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका सिपको माध्यमबाट व्यवसायीक जीवनमा प्रवेश गर्न आग्रह गर्नुभयो । रामपुर नगरपालिका वडा नं.२ का अध्यक्ष कृष्ण बहादुर दर्जीले वडा भित्रका महिला दिदिबहिनीहरुले उत्पादन गर्दै आएको साबुनले वडालाई चिनाएको भन्दै यसको थप प्रवर्द्धनका लागि तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले सामुहिक रुपमा गुणस्तरीय वस्तु उत्पादन गर्न आग्रह गर्दै कम्तिमा पनि आफुले प्रयोग गर्ने साबुन आफैले उत्पादन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षक टोप नारायण मरासिनीले तालिममा सिकेका कुरा व्यवसायको माध्यमबाट व्यवहारमा उतार्न आग्रह गर्दै आगामी दिनमा पनि उत्पादनको क्रममा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तालिममा सहभागि महिला दिदिबहिनीहरुले साबुन,हार्पिक फिनेल ह्याण्डवास र कपडा धुने डल्ला साबुन उत्पादन आफुहरुले व्यवसायीक रुपमा गर्ने प्रतिबद्धता जनाउँदै प्रवर्द्धनका लागि स्थानीय तहले आवश्यक सहयोग गर्न अनुरोध गरेका छन् ।

५ दिन सम्म चलेको तालिमको सहजीकरण टाेप नारायण मरासिनीले गर्नु भएको थियोे । रामपुर नगरपालिका वडा नं.२ खयरबोटमा भएको तालिम समापन कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका उद्यम विकास सहजकर्ता रुपेश बडुवालले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च