स्थानीय खबर

सरसफाइ शाखाका प्रमुखले,मनाए सरसफाइकर्मीसँग जन्मदिन

सरसफाइ शाखाका प्रमुखले,मनाए सरसफाइकर्मीसँग जन्मदिन

Breaking 1, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर, स्वास्थ्य
तानसेन । जन्मदिन भन्नेबित्तिकै अहिले धेरैले ‘केक’ भन्ने मात्र सम्झन्छन । ‘केक’ हरेक अवसरमा प्रयोग गरिने सौखिन साधन बनेको छ । आजभोलि बालबालिका घरमा हजुरबुबा, हजुरआमा, आमाबाबु, काकाकाकी, मामामाइजु, दाइदिदीलगायत विभिन्न नातासँग सम्बन्धित सबै आफन्त जन्मेको दिन सम्झाउन थालेका छन । तर, तानसेन नगरपालिका सरसफाइ शाखाका प्रमुख तथा समाजप्रेमी शंकर भण्डारीले भने फरक तरिकाले जन्मदिन मनाउनु भएको छ । आफ्नो ४० औँ जन्मदिन मानवीय धर्म र संवेदनासँग जोडेर मनाउनुभएको छ ,जुन कार्य शहरमा बसेर केक काट्न रहर गर्नेहरुका लागि मननीय छ । भण्डारीले आईतबार तानसेन नगरपालिकाको सरसरफाइ शाखामा कार्यरत १८ जना सरसफाइकर्मीहरुलाई अविर र दोसल्ला ओढाएर भण्डारीले गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो खुशी केकसँग होइन, तल्लो वर्गका नागरिकसँग खुसीयाली साट्नुपर्छ भन्ने लागेर सरसफाइकर्मीसँग बसेर जन्मदिन मनाएको बताए अनाथ बत...
मिडिया काउन्सिल विधेयक छलफलको लागि  संसद्मा लैजान्छौ :मन्त्री शर्मा

मिडिया काउन्सिल विधेयक छलफलको लागि संसद्मा लैजान्छौ :मन्त्री शर्मा

Breaking 1, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
तानसेन। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक छलफलको लागि संसद्मा लैजाने काममा मन्त्रालय लागेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार राखेको पत्रकार भेटमा बोल्दै मन्त्री शर्माले सबै किसिमका मिडियाहरूलाई व्यस्थित रुपमा संचालन, नियमन, तथा अनुगमनको लागि बन्दै गरेको मिडिया काउन्सिल विधेयक छलफलका लागि संसदमा लैजाने तयारी भइरहेको हुदा ,आम सञ्चारसम्बन्धी विधेयक पारित भएपछि संघीय संरचनाअनुसार आमसञ्चार माध्यमहरूको नियमन तथा व्यवस्था हुने बताउनुभयो । विज्ञापनमा देखिएको विकृति, विसंगति र विचौलिया प्रवृधिलाई अन्त्य गर्न मन्त्रालय सक्रिय भएर लागेको, संघ, प्रदेश र स्थानीय तहबाट हुने विज्ञापनहरुलाई व्यस्थित गरेर सोझै मिडिया हाउसले पाउने गरी समानुपातिक रुपमा वितरण गर्ने प्रणालीको विकास गर्न गर्न आफू सक्रिय भएर लागेको सूचना प्रविधी मन्त्री शर्माले जानकारी ...
गुल्मी-बुटवलमा विद्युतबाट चल्ने सार्वजनिक सवारी, भाडादर पनि कम हुने

गुल्मी-बुटवलमा विद्युतबाट चल्ने सार्वजनिक सवारी, भाडादर पनि कम हुने

Breaking 1, जानकारी, ट्रेन्डिङ, राष्ट्रिय खबर, स्थानीय खबर, स्वास्थ्य
गुल्मी । राजधानीसहित देशका ठूला शहरहरुमा विद्युतीय यातयातका साधन सञ्चालनमा आइरहेको बेला पाहडी जिल्ला गुल्मीमा पनि विद्युतिय गाडी सञ्चालनमा आएको छ । जिल्लाको पुर्कोटदह, तम्घासहुँदै सुनौलीसम्म आवत जावतको अनुमति प्राप्त गरी ‘मैत्री यातायात सेवा’ विहिबारदेखि औपचारिक रुपमा शुमारम्भ भएको हो । सदरमुकाम तम्घासमा प्रधान कार्यालय रहेको मैत्री बुहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अत्याधुनिक सुविधासहितको विद्युतबाट चल्ने १० वटा माईक्रो गाडी सञ्चालनमा ल्याएको हो ।सदरमुकाममा यातायात सेवा सुचारु भएको ४१ वर्षपछि यातयात सुविधा नयाँ युगमा प्रवेश गरेको छ । बिहिबार विहान एक समारोहका बीच जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्घा नगर प्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, राजनैतिक दलहरुको तर्फबाट नेकपा एमालेका अध्यक्ष बालसिंह काउछा लगायतले उक्त गाडीमा बसेर सदरमुकामको यात्...
लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनमा पुन र श्रेष्ठ विजयी

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनमा पुन र श्रेष्ठ विजयी

Breaking 1, खेल, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
बुटवल । लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथन उपाधि बाग्लुङका तीर्थ पुन र महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । पुनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरेका थिए । उनले उपाधिसँगै नगद ५ लाख रूपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै म्याराथन अन्तर्गत धावीका श्रेष्ठले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी छन् । विजेता श्रेष्ठले २ लाख नगद मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै पुरुषतर्फ दुरी २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्का दोस्रो भए भने कर्णालीका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तेस्रो भएका थिए । उनीहरुले क्र...
रैनादेवी छहरामा हावाहुरीसँगै आएको असिना पानीले क्षति पुर्‍याएका नागरिकलाई राहत प्रदान

रैनादेवी छहरामा हावाहुरीसँगै आएको असिना पानीले क्षति पुर्‍याएका नागरिकलाई राहत प्रदान

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर, स्वास्थ्य
पाल्पाको रैनादेबी छहरा गाउँपालिकामा हावाहुरीसँगै आएको असिना र पानीका कारण ठूलो क्षति पुर्‍याएको छ। एक्कासी हावाहुरीसँगै आएको असिना र मुसल्धारे पानीका कारण यहाँका सयौं घरमा क्षति पुर्‍याउनुका साथै असिना र पानीका कारण अधिकांशको घरको छानो उडाएर क्षति पुर्‍याएको छ। गाउँपालिकाले क्षति गरेका घर परिवारलाई तत्कालका लागि त्रिपाल हस्तान्तरण गरेको छ ।गाउँपालिकाका प्रवक्ता एवम गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवेन्द्र पुन,वडा न ३ का वडाध्यक्ष प्रदिप पौडेल, जिन्सी शाखा प्रमुख प्रकाश केसी लगाएतको नेतृत्वमा हावाहुरी र असिनाले क्षति गरेका घर परिवारको अनुगमन समेत गरिएको छ । चैत्र १७ गते शनिबारको हावा हुरी सहितको असिना पानीले भौतिक लगाएत तरकारी, लहरेवाली, टनेल तरकारी खेती, टमाटर र सुन्तला खेतीमा करौडौ रुपैयाँको क्षति हुदा कृषकहरू चिन्तित भएका छन । गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले शनिबार हावाहु...
बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ

बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ

Breaking 2, खेल, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
काठमाडौं । बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् । सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ रहेका छन् ।...
बुटवलका तत्कालिन डीएसपी ठगबहादुर दोषी ठहर, २ वर्ष कैद सजायको फैसला

बुटवलका तत्कालिन डीएसपी ठगबहादुर दोषी ठहर, २ वर्ष कैद सजायको फैसला

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, स्थानीय खबर, स्वास्थ्य
बुटवल । १८ लाख रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रितेन्द्र थापासहितको इजलासले उनलाई मंगलबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद र ८ लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी केसी बुटवलमा कार्यरत रहँदा उनको निवासबाट अख्तियारले नगद र सुन बरामद गरेको थियो। २५ मंसिर २०७९ मा बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले यस बारेमा कार्यालयमा जानकारी गराएका थिएनन् । पछि उनले सुन फिर्ता लगेको कागज गर्न लगाएका थिए । तर उनले सुन फिर्ता नगरी आफैंसँग राखेका थिए। त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८...
रैनादेवी छहरामा विपत पूर्व तयारीकाे लागि सराेकारवाला वीच छलफल

रैनादेवी छहरामा विपत पूर्व तयारीकाे लागि सराेकारवाला वीच छलफल

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर
पाल्पा - रैनादेवी छहरा गाउँपालिकामा विपत पूर्व तयारीकाे लागि सराेकारवाला वीच छलफल भएकाे छ ।  रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको विपद् पूर्व तयारीका लागि पालिकाका सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रम गरेकाे हाे । पालिकाले  वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक महेश बरालको अध्यक्षता, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा, वडा नं ४ का वडाध्यक्ष गोविन्द बहादुर रायमाझी र जिल्ला समन्वय समिति सदस्य विष्णु घिमिरेको विशिष्ट आतिथ्यतामा कार्यक्रम गरेकाे हाे । कार्यक्रममा वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका सदस्य गुन बहादुर सन्मानी, भिमाकला खाम्चा, वडा सदस्य नारायणी गहतराज सुनार, सामुदायिक वन महासंघका लुम्बिनी प्रदेश सदस्य गिता भट्टराई, सामुदायिक वन महासंघका जिल्ला सदस्य टिकाराम पोखरेल, सामुदायिक वन महासंघका गाउँपालिका अध्यक्ष श...
गुल्मीको बडिगाड खोलामा डुबेर दुई जनाको मृत्यु

गुल्मीको बडिगाड खोलामा डुबेर दुई जनाको मृत्यु

Breaking 1, जानकारी, ट्रेन्डिङ, स्थानीय खबर, स्वास्थ्य
गुल्मी । दुई दिनको अन्तरालमा बडिगाड खोलमा डुबेको अवस्थामा दुई जनाको शव फेला परेको छ । शनिबार अपरान्ह अन्दाजी ५ बजेको समयमा मुसिकोट नगरपालिका ४ आरुपाटाका २१ वर्षिय सन्दिप कुमाल र आईतबार दिउँसो ११ बजेको समयमा गुल्मीदरबार गाउँपालिका २ घोरा उपल्लाखर्कका १२ वर्षिया छोरा प्रिन्स सारुको शव बडिगाड खोलामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी निरीक्षक सुर्यमान चौधरीका अनुसार शनिवार पौडी खेल्ने क्रममा साँझ ५ बजेतिर बेपत्ता भएका बालक प्रिन्सको शव बडिगाडखोलाको सोता भन्ने स्थानमा फेला परेको हो । त्यस वडाका वडाध्यक्ष लक्ष्मी भण्डारीले सुचित गरे पछि मजुवा प्रहरी चौकी ईन्चार्ज प्रहरी सहायक निरीक्षक कमल बञ्जाडेको नेतृत्वमा पुगेको प्रहरी र स्थानीयवासीले खोजतास गरी फेला पारेको प्रहरी निरीक्षक चौधरीले बताए । साथै आफु घटना स्थलमा जाँर्दै गरेको प्रहरी निरीक्षक चौधरीले बताए । त्यस...

नेपाली काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा मेयर श्रेष्ठ मनोनीत

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा, नेपाली काँग्रेस पाल्पाको आर्थिक सल्लाहकारमा तानसेन नगरपालिकाका नगर प्रमुख तथा काँग्रेस नेता सन्तोषलाल श्रेष्ठ मनोनीत भएका छन् । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले तानसेन नगरपालिका–२ निवासी श्रेष्ठलाई आर्थिक सल्लाहकारमा मनोनीत गरेका हुन् । पार्टीको आर्थिक पाटोलाई थप चुुस्त र प्रभावकारी बनाउन श्रेष्ठलाई पार्टी सभापतिले आर्थिक सल्लाहकारमा मनोनीत गरेको पार्टी प्रवक्ता शोभाखर न्यौपानेले बताए । आर्थिक सल्लाहकारमा मनोनीत भएका श्रेष्ठ नेपाली काँग्रेसका पूर्व जिल्ला सदस्य समेत हुुन् । प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पसको सभापति हुँदै केन्द्रीय सदस्य भएका उनी वि.स. २०४८ सालमा नेपाली काँग्रेको क्रियाशिल सदस्यता लिएका थिए । त्रिभुवन बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कुशल जिम्मेवारी बहन गरेका श्रेष्ठ ३० वर्ष प्राध्यापन क्षेत्रमा संलग्न रहे । लामो समय लुुम्बिनी मेडिकल ...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च