ताजा अपडेट

पाल्पामा टेलिकमकाे 1 Gbps र 500Mbps क्षमताको फाइवर इन्टरनेट वितरण सुरु

पाल्पामा टेलिकमकाे 1 Gbps र 500Mbps क्षमताको फाइवर इन्टरनेट वितरण सुरु

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, शिक्षा
पाल्पा – नेपाल टेलिकम दुरसञ्चार कार्यालाय पाल्पाले आफ्नो फाइवर नेटवर्क पुगेका क्षेत्रमा X-GPON प्रविधिमा आधारित 1 Gbps र 500Mbps क्षमताका उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन सकिने जनाएको छ । हाल यो सेवा तानसेन सदरमुकाममा रहेको नेपाली सेनाको ब्यारेकमा पहिलो ग्राहकको रुपमा जडान गरिएको दुरसञ्चार कार्यालाय पाल्पाका प्रमुख राकेश पाण्डेयले जानकारी दिनुभयो । यो सेवा बिशेष गरि उच्च गतिको इन्टरनेट सेवा आवश्यक पर्ने संघ संस्था, धेरै डाउनलोड र अपलोड गर्नुपर्ने कर्पोरेटहरुलाई उपलब्ध हुनेछ । यस प्याकेजमा 1-IPTV, Unlimted Voice र 1 Public-IP समेत उपलब्ध हुने दुरसञ्चार कार्यालाय पाल्पाका प्राविधिक प्रमुख इन्जिनियर रामु पाण्डेले बताउनुभयो । अहिले टेलिकमले यो सेवा अन्तर्गत 1 Gbps र 500Mbps क्षमताका दुई प्रिमियम प्याकेजहरु उपलब्ध गराएको छ । इन्डिभिजुअल ग्राहकका लागि कम्पनीले विभिन्न प्याकेज मार्...
सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी गर्ने २४ जना विरुद्ध मुद्दा दर्ता

सिटिजन्स बैंकको सफ्टवेयर ह्याक गरी साढे ३ करोड चोरी गर्ने २४ जना विरुद्ध मुद्दा दर्ता

Breaking 1, जानकारी, ताजा अपडेट, राष्ट्रिय खबर, स्थानीय खबर
काठमान्डाैं । सिटिजन्स बैंक इन्टरनेसनल बैंकमा रहेकाे खाताबाट सिस्टम ह्याक गरेर नेपालकै चर्चित सफ्टवेयर कम्पनीकाे साढे ३ करोड बढी चोरी गरेको आरोपमा २४ जनाविरुद्ध मुद्दा दायर भएको छ। प्रहरीको साइबर ब्यूरोले जनाए अनुसार एफ वान सफट् इन्टरनेसनल प्रालिको सिटिजन बैंकमा रहेको खाताबाट गत असोजमा ३ करोड ५१ लाख ५० हजार ३७२ रुपैयाँ ह्याक गरेर विभिन्न व्यक्तिहरूको खातामा लगिएको थियो। यसरी सिस्टम ह्याक गरेर चोरी गरेको आरोपमा ब्युरोले २४ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। आफ्नो कम्पनीको खाताबाट अनधिकृतरूपमा रकम निकालिएको भन्दै एफ वान सफ्टका तर्फबाट धीरजकुमार भुजेलले निवेदन दिएका थिए। यस कम्पनीले सफ्टवेयर निर्माण गर्दै बिक्री वितरण गर्दै आएको छ। सिटिजन्स बैंकको सफ्टवेयर पनि यही कम्पनीले तयार गरेको थियो। यसबापत प्राप्त हुने रकम जम्मा गर्नका लागि त्यही बैंकको दरबारमार्ग श...
गुल्मीको चन्द्रकोटमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न

गुल्मीको चन्द्रकोटमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान सम्पन्न

Breaking 1, ट्रेन्डिङ, ताजा अपडेट
गुल्मी । दिपक भट्टराई हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धताू भन्ने नाराका साथ चन्द्रकोट गाउँपालिकाले ८ वटै वडाहरुमा विविध कार्यक्रम गरी लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान मनाईरहेको छ। मंसिर १० गते वडा नं. ८ मजुवाबाट सुरु भएको कार्यक्रम वडा नं ४ मा शान्तिपुरमा आज समापन गरिएको छ । समाजमा लिङ्गका आधारमा गरिने भेदभावलाई निरुत्साहित गर्नका लागि कानुनी सचेतना कार्यक्रम आयोजना गरीएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका उपाध्यक्ष विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा भएको अभियान अन्तर्गतका कार्यक्रमहरुमा गाउँपालिका अध्यक्ष युवराज खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बुद्घ प्रकाश पौडेल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्य लगायत निर्वाचित जनप्रतिनिधिहरु, महिला वालबालिका तथा जेष्ठ नागरिक शाखा तथा पालिकामा कार्यरत कर्म...
भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर, स्वास्थ्य
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेर विहिबार साँझ निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि उनलाई विहिबार दिल्लीको एम्स अस्पतालमा भर्ना गरिएको थियो। साँझ ८ बजेर ६ मिनेट जाँदा अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। तर, उनलाई ब्युँताउने सबै प्रयास असफल भएपछि ९ बजेर ५१ मिनेट जाँदा मृत घोषित गरिएको एम्स अस्पतालले एक विज्ञप्ति जारी गर्दै बताएको छ। दुई कार्यकाल प्रधानमन्त्री रहेका सिंह सन् १९९१ मा अर्थमन्त्री बनेका थिए। उनी भारतको आर्थिक सुधारका रचयिता मानिन्छन्। आफ्नो कार्यकालमा उनले भारतको अर्थतन्त्रलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि खुला गरे। टाट पल्टाइको सँघारमा रहेको अर्थतन्त्रलाई विश्वकै ठूलोमध्येको एक बनाउने श्रेय पनि उनैलाई दिइन्छ। सन् २००४ मा प्रधानमन्त्री बनेका सिंह दुई कार्यकाल सो पदमा रहे। पछिल्लो पटक उनको सरकार भ्रष्टाचार काण्ड, महँगी र भयान...
रिब्दीकोट गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशन सुरु

रिब्दीकोट गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशन सुरु

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, स्थानीय खबर
तानसेन , पाल्पा रिब्दीकोट गाउँपालिकाको गाउँ सभा तथा १६ औं अधिवेशनको पहिलो बैठक मंगलबारदेखि गाउँपालिकाको सभाहलमा सुरु भएको छ । आज एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष तथा गाउँसभाका अध्यक्ष नारायण बहादुर कार्कीले अधिवेशन शुभारम्भ भएको घोषणा गर्नुभएको थियो । गाउँसभामा बोल्दै अध्यक्ष कार्कीले यो अधिवेशन हिउँदै अधिवेशन भएकोले यो अधिवेशनलाई विधान कार्यान्वयन अधिवेशनको रुपमा लिनुपर्ने बताउनु भयो । उहाँले १६ औं अधिवेशनसम्म आइपुग्दा पालिकाको सामथ्र्य र क्षमताले भ्याएसम्म विभिन्न क्षेत्रसँग सम्बन्धित ऐन, कार्यविधि र मापदण्ड निर्माण गरी जारी गरेको उल्लेख गर्नुभयो । १६ औं अधिवेसनको पहिलो बैठक उपाध्यक्ष कान्ता अधिकारी , नि. प्रमुख प्रशासकीय अधिकृत मणि प्रसाद खनाल एवं सभाका सदस्यहरु लगायत गाउँ कार्यपालिका मातहतका कर्मचारीहरुको उपस्थितिमा  सम्पन्न भएको छ ।       ...
काँग्रेसको सय दिने अभियान अन्तर्गत पाल्पामा अभिमुखीकरण कार्यक्रम  सम्पन्न

काँग्रेसको सय दिने अभियान अन्तर्गत पाल्पामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा, नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु, प्रदेश सभाका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु, प्रदेश समिति तथा पालिका समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । काँग्रेसले सोमबार पार्टी कार्यालयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी भरत कुमार शाहले लोकतन्त्रलाई बलियो बनाउन सबै सक्रिय हुन जरुरी रहेको बताए । उनले अभियानका क्रममा जनस्तरबाट उठेका सवालहरूलाई पार्टीले आफ्नो मुद्दा बनाएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले काँग्रेसको संगठनका गतिविधि चलायमान गराउनु नै अभियानको मुख्य उद्देश्य भएको पनि बताए । नेता शाहले पार्टी भित्र देखिएका असन्तुष्टिहरूलाई पनि अभियानले सम्बोधन गर्ने धारणा व्यक्त गरे । केन्द्रीय सदस्य डा. डिला संग्रौलाले लोकत...
रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ । बुधबार पार्टी कार्यलय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ । यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो । उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वाको ठम्याइ छ ।...
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कति कमायो ?

फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कति कमायो ?

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, मनोरन्जन, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर
काठमाडौँ ।फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिज ११ दिन (आइतबार सम्म) मा २० करोड ७३ लाख ग्रस कमाई गरेको फिल्मको निर्माण कम्पनिले जानकारी दिएको छ । फिल्मले आइतबार मात्र २ करोड ७५ लाख कमाई गरेको थियो । त्यसैगरी सोमबार यता पनि फिल्मको कमाई शानदार रहेको छ । फिल्म अहिले पनि देशभर हाउसफूलका साथ चलिरहेका नयाँ किर्तिमान बनाउने बाटोमा अगाडी बढेको छ । फिल्मले कैयौं किर्तिमान बनाउने क्रममा देशभरमा एकै दिन ४८० भन्दा बढी शो पाएर नयाँ किर्तिमान बनाएको छ । यस अघि नेपाली फिल्मले एकै दिन यति धेरै शो पाएका थिएनन् ।...
उद्योगहरुमा काटिएका लाइन पुन: जडान

उद्योगहरुमा काटिएका लाइन पुन: जडान

Breaking 2, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार
बुधबार, २८ कार्तिक,नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको बिजुलीको लाइन जोडिदिएको छ । मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको हो । डेडिकेटेड र ट्रंकलाइन बापतको बक्यौता नतिरेको भन्दै प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुमा काटिएको लाइन जोड्न क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार मंगलबार राति अधिकांश उद्योगहरुमा लाइन जोडिएको नेपाल विद्युत् प्राधिकरण स्रोतले जनाएको छ ।...
नवरात्रको चौथो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

नवरात्रको चौथो दिन : आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, धर्म/ज्योतिश, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा । नवरात्रको चौँथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च