राजनीति

काँग्रेसको सय दिने अभियान अन्तर्गत पाल्पामा अभिमुखीकरण कार्यक्रम  सम्पन्न

काँग्रेसको सय दिने अभियान अन्तर्गत पाल्पामा अभिमुखीकरण कार्यक्रम सम्पन्न

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा, नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु, प्रदेश सभाका महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु, प्रदेश समिति तथा पालिका समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । काँग्रेसले सोमबार पार्टी कार्यालयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी भरत कुमार शाहले लोकतन्त्रलाई बलियो बनाउन सबै सक्रिय हुन जरुरी रहेको बताए । उनले अभियानका क्रममा जनस्तरबाट उठेका सवालहरूलाई पार्टीले आफ्नो मुद्दा बनाएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले काँग्रेसको संगठनका गतिविधि चलायमान गराउनु नै अभियानको मुख्य उद्देश्य भएको पनि बताए । नेता शाहले पार्टी भित्र देखिएका असन्तुष्टिहरूलाई पनि अभियानले सम्बोधन गर्ने धारणा व्यक्त गरे । केन्द्रीय सदस्य डा. डिला संग्रौलाले लोकत...
रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

रास्वपाले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्दै

ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलन घोषणा गर्दै छ । बुधबार पार्टी कार्यलय वनस्थलीमा २ बजे पत्रकार सम्मेलनको आयोजना गरी दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । सहकारीको रकम ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा पार्टी सभापति समेत रहेका रवि लामिछानेमाथि अनुसन्धान जारी छ । यसबीचमा रास्वपाले लामिछानेलाई राज्यले प्रतिशोधका लागि पक्राउ गरेको भन्दै पक्राउको विरोधमा आन्दोलन गर्दै आइरहेको थियो । उक्त कारबाही सत्तारूढ राजनीतिक दलहरूले रास्वपाको बढ्दो प्रभाव र जनसमर्थनलाई दबाउन गरेको सुनियोजित षड्यन्त्र रहेको रास्वाको ठम्याइ छ ।...
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको दावी : आफ्नो कार्यकालमा हाेटलका बिल पेश हुदैनन् 

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको दावी : आफ्नो कार्यकालमा हाेटलका बिल पेश हुदैनन् 

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
तानसेन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आर्चायले जिल्ला बाहिर जादाँ मुख्यमन्त्री नाममा खर्च भएका हाेटलका विल मन्त्रालयमा पेश नहुने दावी गर्नुभयाे । नेपाल पत्रकार महाँसघ जिल्ला शाखा अर्घाखाँचीले आइतवार गरेकाे सम्मान तथा पत्रकार सम्मेलन बाेल्दै मुख्यमन्त्री आर्चायले विगतमा जिल्ला बाहिर जादाँ हाेटलका विल ल्याउने,ठुला ठुला हाेटलमा बस्ने गरेकाे भन्दै आफू हाेटलमा पनि नबस्ने र हाेटलका विल पनि आफनाे कार्यकालमा पेश नगर्ने दावि गर्नुभएकाे हाे । लुम्बिनी सरकारले फर्जुल खर्च राेक्न नीति गत निर्णय गरेकाे उल्लेख गर्दै पुर्व भिआईपिकाे सेवा सुविधा फिर्ता गर्ने निर्णय अनुसार अगाडि बढेकाे बताउँदै केही पुर्व भिआईपिले अझै कार्यन्वयन नगरेकाे प्रति आफू जानकार रहेकाे भन्दै राज्यकाे सम्पत्ति कानुन विपरित प्रयाेग नगर्न सचेत गराइएकाे बताउनुभयाे । मुख्यमन्त्री आर्चायले बतर्मान सरकारले ...
३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद केसी  जेल चलान

३३ वर्ष पुरानो मुद्दामा लुम्बिनीका प्रदेश सांसद केसी जेल चलान

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
आइतबार, २३ भदौ २०८१ ३३ वर्ष पुरानो मुद्दामा दोषी ठहरिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसर्मण गरेका हुन् । उनलाई आइतबार नै कारागार चलान गरिएको रुकुम पूर्वका डीएसपी माधव खरेलले जाकारी दिए । श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले कीर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई २०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । अदालतले एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो। तर केसीले सजाय भुक्तान गरेका थिएनन् । लामो समयदेखि प्रहरीको फरार सूचीमा भए पनि उनी पक्राउ परेका थिएनन् । उनी गत निर्वाचनमा केसी नेपाली कांग्रेसको तर्फबाट रुकुम पूर्वको प्रदेशसभा क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।...
लुम्बिनी प्रदेश सरकारको निर्णय,पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने

लुम्बिनी प्रदेश सरकारको निर्णय,पूर्व विशिष्ट व्यक्तिलाई दिँदै आएको सेवा सुविधा फिर्ता गर्ने

Breaking 2, जानकारी, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको मन्त्रिपरिषद्ले पूर्व विशिष्ट व्यक्तिलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको छ।आर्थिक संकट निम्तिएको समयमा मितव्ययिता अपनाउन लुम्बिनी प्रदेश सरकारले पूर्वपदाधिकारीको सेवा सुविधा फिर्ता लिने निर्णय गरेको हो। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व विशिष्ट व्यक्तिहरुलाई दिने सेवा सुविधा फिर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थिले जानकारी दिए। वि.सं. २०७९ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट पूर्व विशिष्ट पदाधिकारीका अर्थात पूर्व मुख्यमन्त्री कुलप्रसाद केसी तथा सभामुख पूर्णबहादुर घर्तीले सेवा सुविधा लिँदै आएका थिए। यो निर्णयसँगै अव पूर्वमुख्यमन्त्री केसी र पूर्व सभामुख घर्तीले गाडी सुविधा फिर्ता गर्नु पर्छ । आर्थिक संकट निम्तिएको समयमा मितव्ययीता अपनाउन पूर्व विशिष्ट व...
स्वास्थ्यमन्त्रीकाे याेजनाअनुसार स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता

स्वास्थ्यमन्त्रीकाे याेजनाअनुसार स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौं । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकारमातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष डा. महावीर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सीमित स्रोत–साधनबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताए । मन्त्री पौडेलले भने, ‘हामीले साधन–स्रोत बढाएर तत्काल आवश्यकताअनुसारका उपकरण खरिद गर्न सक्ने अवस्था छैन, त्यसकारण अहिले हामीसँग भएका उपकरणलाई ...
परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्किँदै

Breaking 2, अन्तर्राष्ट्रिय खबर, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, समाचार
काठमाडौं । भारतको पाँच दिने भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा आज अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने उनको सचिवालयले जनाएको छ। परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेलगायतसँग भेटवार्ता गरेकी छन्। भेटका क्रममा नेपाल भारत सम्बन्ध, व्यापार, कनेक्टीभिटी, हवाई रुट, विद्युतलगायत बहुआयामिक द्विपक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ ।...
मन्त्री छनौटमा संस्थापनको मनोमानी, बेवास्ता गरिएकाे भन्दै कांग्रेस प्रदेश समितिको आपत्ति

मन्त्री छनौटमा संस्थापनको मनोमानी, बेवास्ता गरिएकाे भन्दै कांग्रेस प्रदेश समितिको आपत्ति

Breaking 2, जानकारी, ट्रेन्डिङ, राजनीति, स्थानीय खबर
तानसेन । लुम्बिनी प्रदेशको मन्त्री छनोट गर्दा प्रदेश कार्यसमितिलाई बेवास्ता गरेको भन्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले असन्तुष्टि जनाएका छन् । पार्टीबाट पठाउने व्यक्तिहरुको छनोट गर्दा प्रदेश समितिलाई पूर्णतया बेवास्ता गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको पुनले विज्ञप्ति निकालेर असन्तुष्टि जनाएका हुन। संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान विपरीत मन्त्रीहरु बनाएको पुनले बताएका छन् । आम कार्यकर्ताको भावना विपरीत मन्त्रीहरु छनोट भएको जनाउँदै प्रदेश सभापति पुनले असन्तुष्ट कार्यकर्ताको वृहत भेला गरी यथोचित निर्णयमा पुगिने पुनले चेतावनी समेत दिए । काँग्रेसले गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाएकाे हाे । ...
लुम्बिनीमा कांग्रेसले टुंगो लगायो गुल्मीका धनेन्द्र कार्कीसहित,पाँच मन्त्रीको नाम

लुम्बिनीमा कांग्रेसले टुंगो लगायो गुल्मीका धनेन्द्र कार्कीसहित,पाँच मन्त्रीको नाम

Breaking 2, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, स्थानीय खबर
पाल्पा । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसले ५ मन्त्रीको नाम टुंगो लगाएको छ । मंगलबार राति कांग्रेसले बर्दियाका जन्मजय तिमिलसिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका रोज राणा, दाङका प्रचण्डविक्रम न्यौपाने, बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाउने निर्णय गरेको कांग्रेस लुम्बिनीका एक पदाधिकारीले जनाएका छन् । यसअघि एमालेले पाउने ४ मन्त्रीको पनि टुंगो लागेको छ । दुवै दलले आज मन्त्री छान्न ढिलाई गरेकाले बुधबार बिहान बिनाविभागीय रुपमा शपथ लिने र बिहीबार मन्त्रालयको जिम्मेवारी दिने जनाइएको छ । कांग्रेसबाट अहिले मन्त्री बनाइएका मध्ये रोज राण मात्रै यसअघि मन्त्री बनेका हुन् अरु सबै नयाँ हुन् । लुम्बिनीमा एमाले कांग्रेसका ५६ सांसदको हस्ताक्षरमा आइतबार एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् । उनीसहित १० जनाको शपथ बुधबार बिहान हुन लागेको हो ।...
लुम्बिनीमा एमालेले टुङ्ग्यायो मन्त्रीको नाम

लुम्बिनीमा एमालेले टुङ्ग्यायो मन्त्रीको नाम

Breaking 1, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा जाने चार मन्त्रीको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथसँगै एकसाथ मन्त्री परिषद बिस्तार गर्ने योजना अनुसार एमालेबाट मन्त्रीहरुको नाम टुंगीएको हो । एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए । एमालेबाट भोलि रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरीले भोलि मन्त्रीको शपथ लिनेछन् । यसपटक मन्त्री दोहोरिनेमा ढकाल र पन्थी रहेका छन् । ढकाल यसअघि जोखबहादुर महराको नेतृत्वको सरकारमा शहरी विकासमन्त्री थिए भने पन्थी आन्तरिक मामिला मन्त्री थिए । यसैबीच संसदीय दलका नेता लिला गिरीले दलको नेताबाट राजिनामा दिने जनाउ पार्टी अध्यक्षलाई दिएको उनी निकटस्थ श्रोतले बताएको छ ।...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च