समाचार

मिडिया काउन्सिल विधेयक छलफलको लागि  संसद्मा लैजान्छौ :मन्त्री शर्मा

मिडिया काउन्सिल विधेयक छलफलको लागि संसद्मा लैजान्छौ :मन्त्री शर्मा

Breaking 1, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
तानसेन। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक छलफलको लागि संसद्मा लैजाने काममा मन्त्रालय लागेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार राखेको पत्रकार भेटमा बोल्दै मन्त्री शर्माले सबै किसिमका मिडियाहरूलाई व्यस्थित रुपमा संचालन, नियमन, तथा अनुगमनको लागि बन्दै गरेको मिडिया काउन्सिल विधेयक छलफलका लागि संसदमा लैजाने तयारी भइरहेको हुदा ,आम सञ्चारसम्बन्धी विधेयक पारित भएपछि संघीय संरचनाअनुसार आमसञ्चार माध्यमहरूको नियमन तथा व्यवस्था हुने बताउनुभयो । विज्ञापनमा देखिएको विकृति, विसंगति र विचौलिया प्रवृधिलाई अन्त्य गर्न मन्त्रालय सक्रिय भएर लागेको, संघ, प्रदेश र स्थानीय तहबाट हुने विज्ञापनहरुलाई व्यस्थित गरेर सोझै मिडिया हाउसले पाउने गरी समानुपातिक रुपमा वितरण गर्ने प्रणालीको विकास गर्न गर्न आफू सक्रिय भएर लागेको सूचना प्रविधी मन्त्री शर्माले जानकारी ...
स्वास्थ्य बीमाबारे प्रधानमन्त्रीलाई बुझाउनै सकिएन : गगन थापा

स्वास्थ्य बीमाबारे प्रधानमन्त्रीलाई बुझाउनै सकिएन : गगन थापा

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, शिक्षा, समाचार, स्वास्थ्य
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्वास्थ्यलाई मौलिकको रूपमा व्यवहारमा लागु हुन नसकेको गुनासो गरेका छन् । शनिबार काठमाडौँमा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा उनले संविधानमा स्वास्थ्यलाई मौलिक हक भनेर लेखिएता पनि व्यवहारमा भने लागु हुन नसकेको गुनासो गरे । उनले भने,‘संविधानमा हामीले स्वास्थ्य मौलिक हक हो भनेर लेख्न त सक्यौं । तर संविधानमा लेख्न जति सजिलो भयो त्यसलाई व्यवहारमा प्राप्त गर्ने कुरा त्यति नै कठिन भयो ।’ उनले गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन नपारोस् भनेर स्वास्थ्य बिमा अगाडि सारेको बताए । तर स्वास्थ्य बिमाको अवधारणा नै बुझाउन नसकिएको उनको भनाई छ । उनले भने,‘गरिबीबाट बाहिर निस्केर स्वास्थ्यको उपचार खर्चको कारणले फेरि गरिब हुन परेको तथ्यहरूले बताउँछ । यही कुरालाई सम्बोधन गर्नका लागि हामीले स्वास्थ्य बिमा अगा...
इलाम-२ मा सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता

इलाम-२ मा सुहाङ नेम्वाङको उम्मेदवारी दर्ता

Breaking 2, जानकारी, ट्रेन्डिङ, राजनीति, राष्ट्रिय खबर, समाचार
काठमाडौं । नेकपा एमालेबाट इलाम-२ मा उम्मेदवार बनेका सुहाङ नेम्वाङले मनोनयन दर्ता गरेका छन् । सुहाङले नेता कार्यकर्ताको जुलुससहित निर्वाचन कार्यालय पुगेर आफ्नो मनोनयन दर्ता गरेका हुन् । सुहाङलाई माओवादी केन्द्रले समेत समर्थन गरेको छ । आगामी बैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता जारी छ । अहिलेसम्म इलाम २ मा जनमत पार्टीका प्रेमकुमार थामसाङ, नेमकिपाका श्याम नेपाली, स्वतन्त्र उम्मेदवार जकप्रसाद गौतम, मंगोल नेश्नलका मणिबहादुर लिम्बु, एकीकृत समाजवादीका जीतबहादुर राई र स्वतन्त्रबाट डेकेन्द्र सिंह थेगमले उम्मेदवारी दर्ता गराएका छन् । इलाम- २ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गर्न समय दिएको छ । आयोगले आजै बेलुका ५ बजेदेखि ६ बजेसम्म उम्मेदवारको मनोनयनप...
लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनमा पुन र श्रेष्ठ विजयी

लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथनमा पुन र श्रेष्ठ विजयी

Breaking 1, खेल, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
बुटवल । लुम्बिनी अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत पुरुषतर्फको म्याराथन उपाधि बाग्लुङका तीर्थ पुन र महिलातर्फको हाफ म्याराथनको उपाधि सन्तोषी श्रेष्ठले जितेकी छन् । पुनले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा २० मिनेट ४९ सेकेन्डमा पार गरेका थिए । उनले उपाधिसँगै नगद ५ लाख रूपैयाँ, मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै म्याराथन अन्तर्गत धावीका श्रेष्ठले निर्धारित २१.१ किलोमिटरको दुरी १ घण्टा १८ मिनेट ४५ सेकेन्डमा पुरा गर्दै दोस्रो संस्करणको लुम्बिनी म्याराथनको उपाधि जितेकी छन् । विजेता श्रेष्ठले २ लाख नगद मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेकी छन् । त्यस्तै पुरुषतर्फ दुरी २ घण्टा २१ मिनेट ११ सेकेन्डमा पार गर्दै नेपाली सेनाका खड्कबहादुर खड्का दोस्रो भए भने कर्णालीका दुर्गाबहादुर बुढाले २ घण्टा २२ मिनेट ४६ सेकेन्डमा दुरी पार गरेर तेस्रो भएका थिए । उनीहरुले क्र...
रैनादेवी छहरामा हावाहुरीसँगै आएको असिना पानीले क्षति पुर्‍याएका नागरिकलाई राहत प्रदान

रैनादेवी छहरामा हावाहुरीसँगै आएको असिना पानीले क्षति पुर्‍याएका नागरिकलाई राहत प्रदान

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर, स्वास्थ्य
पाल्पाको रैनादेबी छहरा गाउँपालिकामा हावाहुरीसँगै आएको असिना र पानीका कारण ठूलो क्षति पुर्‍याएको छ। एक्कासी हावाहुरीसँगै आएको असिना र मुसल्धारे पानीका कारण यहाँका सयौं घरमा क्षति पुर्‍याउनुका साथै असिना र पानीका कारण अधिकांशको घरको छानो उडाएर क्षति पुर्‍याएको छ। गाउँपालिकाले क्षति गरेका घर परिवारलाई तत्कालका लागि त्रिपाल हस्तान्तरण गरेको छ ।गाउँपालिकाका प्रवक्ता एवम गाउँपालिकाका कार्यवाहक अध्यक्ष देवेन्द्र पुन,वडा न ३ का वडाध्यक्ष प्रदिप पौडेल, जिन्सी शाखा प्रमुख प्रकाश केसी लगाएतको नेतृत्वमा हावाहुरी र असिनाले क्षति गरेका घर परिवारको अनुगमन समेत गरिएको छ । चैत्र १७ गते शनिबारको हावा हुरी सहितको असिना पानीले भौतिक लगाएत तरकारी, लहरेवाली, टनेल तरकारी खेती, टमाटर र सुन्तला खेतीमा करौडौ रुपैयाँको क्षति हुदा कृषकहरू चिन्तित भएका छन । गाउँपालिका अध्यक्ष रूक्मागत भट्टराईले शनिबार हावाहु...
बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ

बागमतीमा एमालेका चार मन्त्रीले लिए शपथ

Breaking 2, खेल, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
काठमाडौं । बागमती प्रदेशका नव नियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेशका नवनियुक्त चार मन्त्रीलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले शपथ गराएका हुन् । सोमबार विश्वासको मत लिएका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले एमालेका चार जनालाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्री बन्नेमा उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयमा केशव पोख्रेल, खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालयमा एकलाल श्रेष्ठ र स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ रहेका छन् ।...
आईपीएल : दोस्रो जित निकाल्दै चौथो स्थानमा उक्लियो गुजरात

आईपीएल : दोस्रो जित निकाल्दै चौथो स्थानमा उक्लियो गुजरात

अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राष्ट्रिय खबर, शिक्षा, समाचार
अहमदावाद । गुजरात टाइटन्सले आइतबार आईपीएल-२०२४ मा आफ्नो दोस्रो जित निकाल्दै शीर्ष चारमा प्रवेश गरेको छ । उसले घरेलु मैदानमा भएको खेलमा सनराइज हैदरावादलाई सजिलै ७ विकेटले पराजित गर्‍यो । खेलमा ५ बलको खेल बाँकी छँदै गुजरात जितसम्म पुगेको थियो । उसले १ सय ६३ रनको लक्ष्यसामु १९.१ ओभरमा ३ विकेट गुमाएर १ सय ६८ रन बनायो । त्यसमा साइ सुदर्शनले ४५ र डेविड मिलर ४४ रनको योगदान गरे । त्यस अगाडि सनराइले ८ विकेटमा १ सय ६२ रन बनाएको थियो । उसका लागि अभिषेक शर्मा र अब्दुल सामदले समान २९ रन बनाए । गुजरातका लागि मोहित शर्माले उत्कृष्ट बलिङ गरे र २५ रनमा ३ विकेट लिए ।...
बागमतीका मुख्यमन्त्री जम्कट्टेलको संकट बढ्यो !

बागमतीका मुख्यमन्त्री जम्कट्टेलको संकट बढ्यो !

Breaking 2, जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल संकटमा परेका छन् । सत्ता घटक दल एकीकृत समाजवादीले यथास्थितिमा विश्वासको मत नदिने निष्कर्ष निकालेपछि मुख्यमन्त्री जम्कट्टेल संकटमा परेका हुन् । यसअघि हाम्रो नेपाली पार्टीलाई सरकारमा ल्याएर विश्वासको मत पाउने निश्चित भएकोमा अब एकीकृत समाजवादीले सबै प्रदेशमा भागबन्डा खोज्दै बागमती सरकारलाई विश्वासको मतको पक्षमा नउभिने निर्णय गरेको हो । एकीकृत समाजवादीका संसदीय दलका नेता कृष्ण शर्मा खनालले समान सहभागिता हुने सुनिश्चितता नभएको भन्दै विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताएका छन् । हाम्रो नेपाली पार्टी सरकारमा सामेल भएपनि पार्टीले निर्णय नगरेको भन्दै विवाद भएको छ । मुख्यमन्त्री जम्कट्टेलले सोमबार १ बजे प्रदेशसभामा विश्वासको मत लिने कार्यसूची छ । उनलाई बहुमतका लागि ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेको २७, माओवादी क...
कपिलवस्तुको महाराजगन्जका एक वडाध्यक्ष १५ हजार घुससहित अख्तियारको फन्दामा

कपिलवस्तुको महाराजगन्जका एक वडाध्यक्ष १५ हजार घुससहित अख्तियारको फन्दामा

जानकारी, ट्रेन्डिङ, ताजा अपडेट, राजनीति, राष्ट्रिय खबर, समाचार, स्वास्थ्य
बुटवल । कपिलवस्तुमा एक जना वडाध्यक्ष अख्तियारको फन्दामा परेका छन् । दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तु महाराजगन्ज नगरपालिका वार्ड २ का वडाध्यक्ष अजिर अलि मुसलमानलाई घर सडक नक्सा पास गर्ने नाममा घुस लिएको आरोपमा कार्यालयबाट नै नियन्त्रणमा लिएको हो । अख्तियार बुटवल सूचना अधिकारी एवं उपसचिव ईश्वरी प्रसाद आचार्यले १५ हजार नगदसहित नियन्त्रणमा लिएको बताए ।...
पाल्पामा जंगलमा राखेको अवस्थामा पाच थान अवैध बन्दुक बरामद

पाल्पामा जंगलमा राखेको अवस्थामा पाच थान अवैध बन्दुक बरामद

जानकारी, ट्रेन्डिङ, समाचार, स्थानीय खबर, स्वास्थ्य
तानसेन। पाल्पा प्रहरीले जंगलमा लुकाए राखेको अवस्थामा पाँच वटा भरुवा बन्दुक बरामद गरेको छ । गस्तीमा खटिएको टोलीले पाल्पाको रैनादैवी छहरा गाउँपालिका ७ बल्ढेङगढीको ढाबास्थित भोर्लेघाट सामुदायिक वन उपभोक्ता समूहको जंगलबाट उक्त संख्यामा भरुवा बन्दुक फेला पारेको हो। फेला परेकोमा एक नाले भरुवा बन्दुक दुई थान, छर्रा र बारुदसहितको झोलासमेत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालाय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार बल्ढेङगढीकै चन्द्रकार सामुदायिक वनमा ढुंगा मुनी लुकाइराखेको अवस्थामा एक नाले भरुवा बन्दुक तीन थान फेला परेको छ। सो स्थानमा पनि छर्रा र बारुद पनि फेला परेको छ । फेला परेका सबै बन्दुकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।...
गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च