टिपरको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

तानसेन। पाल्पामा टिपरले मोटरसाइकललाई ठककर दिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा-६ जुठापौवाका ४६ वर्षीय जगबहादुर बलाल रहेको प्रहरीले जनाएको छ ।
शनिवार बेलुका सिद्धार्थ राजमार्गको दोभानदेखि तिनाउ गाउँपालिका–१, कचलको सर्वोत्तम चुनढुंगा खानीतर्फ जाँदै गरको लु २ ख ८७४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको लु १७ प १५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक बलालको घटनास्थलमै मृत्यु दोभान प्रहरी चौकीले जानकारी दिएको छ ।
मोटरसाइकल न्युट्रल अवस्था ओरालोमा पल्टिएको र विपरीत दिशाबाट गएको टिपरले टाउकोमा किचेको हुनसक्ने प्रहरीले जनाएको छ । टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च