मिडिया काउन्सिल विधेयक छलफलको लागि संसद्मा लैजान्छौ :मन्त्री शर्मा

तानसेन। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक छलफलको लागि संसद्मा लैजाने काममा मन्त्रालय लागेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार राखेको पत्रकार भेटमा बोल्दै मन्त्री शर्माले सबै किसिमका मिडियाहरूलाई व्यस्थित रुपमा संचालन, नियमन, तथा अनुगमनको लागि बन्दै गरेको मिडिया काउन्सिल विधेयक छलफलका लागि संसदमा लैजाने तयारी भइरहेको हुदा ,आम सञ्चारसम्बन्धी विधेयक पारित भएपछि संघीय संरचनाअनुसार आमसञ्चार माध्यमहरूको नियमन तथा व्यवस्था हुने बताउनुभयो ।
विज्ञापनमा देखिएको विकृति, विसंगति र विचौलिया प्रवृधिलाई अन्त्य गर्न मन्त्रालय सक्रिय भएर लागेको, संघ, प्रदेश र स्थानीय तहबाट हुने विज्ञापनहरुलाई व्यस्थित गरेर सोझै मिडिया हाउसले पाउने गरी समानुपातिक रुपमा वितरण गर्ने प्रणालीको विकास गर्न गर्न आफू सक्रिय भएर लागेको सूचना प्रविधी मन्त्री शर्माले जानकारी दिनुभयो ।

कार्यक्रम शाखाका अध्यक्ष रेखिराम रानाको अध्यक्षता,उपाध्यक्ष भरत शर्माको स्वागत तथा सचिव यज्ञमूर्ति तिमिल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च