गुल्मीमा सोलार प्यानल पड्किँदा घरगोठ जले

गुल्मी। गुल्मीमा सोलार प्यानल पड्किँदा भएको आगलागीबाट एउटा घरगोठ जलेर नष्ट भएको छ । इस्मा गाउँपालिका–६ बुल्मका मोटे कुमालको २ तले कच्ची घर, गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घरमा जोडिएको सोलारको प्यानल पड्किएर आगोलागी हुँदा घरभित्र रहेको अन्नपात, लत्ताकपडा, काठदाउरा, भाडाकुडा सबै जलेर नष्ट भएको जिल्ला प्रहरीले जनाएकाे छ । आगलागीबाट एउटा बाख्रा पनि जलेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च