तानसेन । अत्याबश्यक सेवा तथा बस्तु आपुर्ती समितीले पाल्पाले सम्वन्धित व्यबसायीहरु लाई कम्तीमा १५ दिनको सरसमान मौज्दात राख्न आग्रह गरेको छ । समितीको शनिवार बसेको बैठकले खाधान्य, औषधी, ग्यास तथा पेट्रोलियम पदार्थ १५ दिनको लागी मौज्दात राख्न पक्रिया मिलाउन व्यबसायीहरु तथा सेवा प्रदायक संस्थाहरु लाई आग्रह गरेको हो ।
अत्यावश्यक सरसमानको लागी जिल्ला बाहिर प्रशासनले पास उपलब्ध गराउने र जिल्ला भित्र खरिद विलको आधारमा सवारी साधन चल्न दिने, खाना पकाउने ग्यासको व्यबस्थापन गर्न सकिएको सिलिण्डर ल्याएपछि मात्र ग्यास भरेको सिलिण्डर दिने जस्ता निर्यण गरेको समितीका संयोजक जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले बताए । सरसमान खरिद विक्रि गर्दा भिडभाड नगर्न , भिडभाड भएमा प्रहरी लाई खवर गर्न समितीले विक्रेतालाई अनुरोध गरेको छ ।
सरकारले लकडाउन समयावधी बढाउने संकेत गरिरहेकोले जिल्लामा अत्यावश्यक सर सामाग्रीहरुको अभाव नहोस भनी समितीले व्यापारी तथा सम्वन्धित संघ संस्थाहरु लाई १५ दिन सम्मको सरसमान मौज्दात राख्न आग्रह गरेको हो ।