मजदुरहरुका लागि राहतबारे मुख्यमन्त्री र श्रमिक नेतावीच छलफल

बुटवल १५ चैत ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण प्रभावित भएका श्रमजीवि मजदुरहरुका लागि राहत प्याकेजको जरुरी भएको कुरा राख्दै आएका श्रमिक नेता र प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलवीच छलफल भएको छ । मुख्यमन्त्रीसँगको टेलिफोन छलफलमा मजदुरहरुलाई संकटमा पर्न दिन नहुनेमा जोड दिइएको श्रमिक नेता कमल गौतमले बताए । उनले संकटका बेला मजदुरहरुका लागि तीन वटै तहका सरकार तथा उद्योगपतिहरु गम्भीर बन्नुपर्नेमा आफूले जोड दिएको बताए ।
छलफलका क्रममा मुख्यमन्त्री पोखरेलले प्रदेश सरकार यस विषयमा संवेदनशिल रहेको बताएका थिए । जिफन्टका उपाध्यक्ष तथा प्रदेश पाँचका इन्चार्ज गौतमले प्रदेश पाँचमा संगठीत क्षेत्रमा ४३ हजार र असंगठित क्षेत्रमा ७५ हजार मजदुर रहेको भन्दै मजदुरहरुको हितमा उद्योगपतिहरु लाग्नुपर्ने बताए । उद्योगपतिहरुलाई बढी जिम्मेवार बनाउनुपर्छ भन्नेमा छलफल भएको भन्दै उनले तीन वटै तहका सरकारहरुले मजदुरहरुको हितमा कार्यक्रम ल्याउनुपर्ने बताए ।
संकटमा मजदुरहरुलाई पर्न दिन नहुने र यसका लागि समस्यामा रहेका मजदुरहरुले वडा कार्यालयहरुमा सम्पर्क गर्न र उनीहरुलाई राहतको ब्यवस्था मिलाउने बारे छलफल भएको छ । समस्यामा परेकाहरुलाई वडा कार्यालय मार्फत राहत ब्यवस्थागर्न जिफन्टका नेताहरु लागि पर्ने भन्दै नेता गौतमले समस्यामा परेका मजदुरहरुलाई सम्पर्क गर्न आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च