एजेन्सी । दिल्लीको तेगाड जेल प्रशासनले ४ सय १९ जना कैदीबन्दी छाडेको छ ।
जेल प्रशासनले आज ती कैदीहरुलाई अन्तरिम जमानत र आपतकालीन जमानतमा छाडेको हो ।
अन्तरिम जमानतमा ३ सय ५६ कैहीलाई छाडिएको छ । अन्तरिम जमानत ४५ दिनको हुनेछ । त्यसैगरी ६३ कैदीलाई आपतकालीन जमानत दिएइको छ । यो ८ हप्ताको हुनेछ ।
तिहाड जेल प्रशासनले जेलमा भीड नहोस् र कोरोना संक्रमणको जोखिम नहोस् भनेर यी कैदीहरुलाई जमानतामा छाडेको हो ।
भारतमा एक हजार बढीमा कोरोना संक्रमण देखिएको छ भने २४ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण विशवभर ६ लाख ४९ हजार बढी मानिस संक्रमित छन् भने ३० हजार बढीको मृत्यु भएको छ । विश्वका अधिकांश मुलुक लकडाउनमा छन् ।