क्वारेन्टाइनमा बसेका ४४ जनाको कोभिड– १९ नेगेटिभ

पाल्पा ।
पाल्पाका विभिन्न स्थानमा क्वारेन्टाइनमा बसेका ४४ जना व्यक्तिहरुको कोभिड– १९ नेगेटिभ देखिएको छ । ¥यापिड डाइग्नोस्टिक टेष्ट किटमार्फत परीक्षण हुँदा रिर्पाेट नेगेटिभ देखिएको हो । जिल्लाका विभिन्न स्थानमा भएका क्वारेन्टाइनहरुमा बस्दै आएका ४४ जनाको परिक्षण गरिएकोमा सवैको रिर्पोट नेगेटिभ आएको बताइएको छ ।
पाल्पामा पूर्वखोलामा २१ जना, रामपुर नगरपालिकामा ९ जना, रिव्दीकोटमा ३ जना र रैनादेवी छहरा गाउँपालिका ११ जनाको आरडीटी परीक्षण गरिएको थियो । भारतको पश्चिम गड्ढा चौकी, गौरीफन्टा नाका हँुदै नेपाल प्रवेश गरेका पाल्पालीहरु चैत्र १३ गतेदेखि क्वारेन्टाइनमा बसेका थिए । महेन्द्रनगरबाट आएका पाल्पालीहरुलाई पहिलो चरणमा तानसेन र बगनासकालीको क्वारेन्टाइनमा राखिएको छ । दुई दिनपछि उनीहरुलाई आआफ्नो गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो ।
पूर्वखोला गाउँपालिकाले जनमार्ग माध्यमिक विद्यालयको क्वारेन्टाइनमा २१ जना, रामपुरको जनप्रिय आधारभूत विद्यालयमा ९ जना, रिब्दीकोट गाउँपालिका वडा नंं १ मा २ जना, वडा नंं ६ ठिमुरेमा १ जना गरी ३ जना, रैनादेवी छहरा गाउँपालिका वडा नंं ३ भुवनपोखरी १० जना, वडा नंं ४ बाट १ जना क्वारेन्टाइनमा बस्दै आएका थिए ।
क्वारेन्टाइनमा बसेको १४ दिन भन्दा बढी भएकोले उनीहरुको प्रदेश सरकारको सहयोगमा आरडीटी परीक्षण गरिएको हो । आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्टको आधारमा उनीहरुलाई गृह प्रवेशको लागि अनुमति दिइएको तर एक हप्तासम्म परिवारका सदस्यहरुसंग प्रत्यक्ष सम्पर्कमा नरही अलग्गै कोठामा क्वारेन्टाइनको रुपमा बस्न अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । जिल्ला स्वास्थ्य कार्यालय, युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुको टोलीले क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च