गुल्मीका पाँच जनाकै कोरोना परीक्षण रिपार्ट नेगेटिभ

चैत २९, गुल्मी । गुल्मीमा पहिलो पटक कोरोना आशंकामा स्वाब परीक्षण गरिएका पाँच जनाकै कोरोना परीक्षण रिपार्ट नेगेटिभ देखिएको छ। चैत २४ गते मुसिकोट नगरपालिकाका दुई, रेसुंगा नगरपालिकाका एक र सत्यवती गाउँपालिका दुई युवाको स्वाब संकलन गरी भैरहवास्थित प्रादेशकि जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो। उनीहरु गत चैत्र ६ गते विदेशबाट नेपाल आएका थिए।

रेसुंगा नगरपालिकाका युवा महेन्द्र माविको क्वारेन्टाइनमा रहेका थिए। भने बाँकी मुसिकोट नगरपालिका र सत्यवती गाउँपालिकाका चार जना होम क्वारेन्टाइनमा रहेकाले स्वाब परीक्षण गरिएको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले बताए। अब पाँच जना नै सामान्य जीवनमा फर्कन सक्ने पच्याले बताए।

गुल्मीमा पनि र्‍यापिड टेस्ट गरिँदै :

गुल्मीका विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा बसेकाहरुको ¥यापिड टेस्ट गरिने भएको छ। स्वास्थ्य कार्यालय प्रमुख डाक्टर भवानीप्रसाद शर्माले आइतबार वा सोमबारबाट टेस्ट गरिने बताए। उनले प्रदेश संस्था आपूर्ति व्यवस्थापन केन्द्र बुटवलमा दुई सय थान किट माग भए पनि एक सय मात्रै प्राप्त भएकाले पहिलो चरणमा ७५ जनाको टेस्ट गरिने बताए।
शर्माले ल्याबमा कार्यरत स्वास्थ्यकर्मीलाई टेस्टका लागि तालिम दिनुपर्ने र किट आवश्यक पर्ने भएकाले दुवैको व्यवस्थापन गरेर जिल्लामा विदेशबाट आएका सबैलाई टेस्ट गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च