सैनामैना क्वारेन्टिनमा राखिएका मजदुरहरु घर तर्फ लागे

सैनामैना ।
रुपन्देहीको सैनामैना क्वारेन्टिनमा राखिएका मजदुरहरु घर तर्फ लागेका छन् । आइतबार हातमा झोला र अन्य सामान्यहरु बोक्दै सैनामैना नगरपालिकाले व्यवस्थापन गरेको बसमा सवार हुँदै अनुहारमा खुसी लिएर ७४ जना मजदुर घर तर्फ लागेका हुन् ।
रुपन्देही लगायतका विभिन्न क्षेत्रमा निर्माण मजदुरका रुपमा काम गरिरहेका बर्दिया, प्रदेश नं ५ लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका मजदुरहरुलाई आज यातायातको व्यवस्था मिलाइ घर पठाइएको सैनामैना नगरपालिकाका प्रमुख चित्र बहादुर कार्कीले बताउनुभयो ।
उहाँले अस्पतालमा राखिएका मजदुरको सम्पर्कमा रहेका अन्य थप मजदुरहरुलाई पनि व्यवस्थापन गरी सँगै पठाइएको हो ।
उनीहरु मध्ये कैलाली टिकापुरका ५० जना , बर्दिया, राजापुरका २३ , र कपिलवस्तु बाणगंगाका १ जना रहेका छन् ।
शनिबार कार्कीले सैनामैनाको मुर्गियामा समुहमा पैदल हिडिरहेको देखेपछी सोधपुछ गरी उनीहरुलाई सैनामैना वडा नं १ बनकट्टामा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयमा खानपानको व्यवस्था सहित चिकित्सालयको छुट्टै भवनमा बस्ने व्यवस्था मिलाइएको थियो चिकित्सालयमा प्रवेश गर्नु पुर्व उनीहरु सबैको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको समेत स्वास्थ्य निरिक्षक हेमराज पन्थीले जानकारी गराउनुभयो ।
विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड – १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन गरेको छ । लकडाउन भएसँगै सर्वसाधारण र दैनिक ज्याला मजदुरी गरेर घर परिवार गुजार्नेहरु समस्यामा पर्नुका साथै अलपत्र समेत पर्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च