लकडाउन वैशाख १५ गतेसम्म गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ- कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको छ।

मंगलबार दिउँसो बालुवाटारमा बसेको बैठकले वैशाख १५ गतेसम्म लकडाउन थप्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि चैत ११ गतेदेखि देशभर लकडाउन छ।

तेस्रोपटक थप गरिएको लकडाउन अवधि बुधबार बिहान सकिँदैछ।

काठमाडौँ उपत्यका तथा बाहिरी जिल्लामा पनि कोरोना भाइरसका संक्रमित तथा सम्भावित संक्रमित भेटिएको र विश्व स्वास्थ्य संगठनले पनि संक्रमण फैलिन नदिनका लागि लकडाउनसहितका उपायहरुलाई व्यवस्थित गर्न सुझाव दिएको अवस्थामा नेपाल सरकारले लकडाउन लम्ब्याउने सम्बन्धी निर्णय लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च