बढीघाट खोलामा बन्दै गरेको पुल दोस्रोपटक भत्कियो

वैशाख ४ ,गुल्मी ।
बढीघाट खोलामा बन्दै गरेको पुल दोस्रोपटक पनि बन्दाबन्दै भत्किएको छ । गुल्मीको मुसिकोट नगरपालिकाको पौदीअमराई र कल्यार जोड्ने उक्त पुल दोस्रोपटक बुधबार आएको बाढीले भत्किएको हो ।
गत वर्ष ढलान गर्ने बेलामा पनि यो पुल भत्किएको थियो । भत्किएको आठ महिनापछि पुनः बनाउन सुरु गरिएको थियो । तर, बुधबार साँझपख आएको बाढीले पुनः पुल भत्किएको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए ।

बुधबारको बाढीले फर्मा, फलामका पाइप, जेनेरेटर, ह्युम पाइप बगाएको छ । पुलको तल्लो ढलानमा क्षति पुगेको बताइएको छ ।

वाइटी जय बुद्ध कन्ट्रक्सन प्रालिले यो पुल निर्माणको ठेक्का पाएको छ । ५५ मिटर लामो पुलको लागत ५ करोड १७ लाख रुपैयाँ छ ।

ठेकेदारको लापरवाहीका कारण बाढीले पुलमा ठूलो क्षति पुगेको र निर्माण कार्यमा पनि ढिलाइ भइरहेको स्थानीयबासी बताउँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च