लकडाउनले ह्याचरी उत्पादक र माछापालक किसान मारमा

कपिलवस्तु । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण कपिलवस्तुमा सिजनका माछाका भुरा उत्पादन गर्ने र माछापालन गर्ने कृषक मारमा परेका छन ।

लकडाउनले आवागमन रोकिँदा सिजनमा उत्पादित ह्याचरी र खाने माछा बिक्री नहुनुका साथै माछाको दाना नपाउँदा माछा उत्पादक व्यवसायी मर्कामा परेका हुन ।

अहिले ग्रासकार्प, बिग्हेड कार्प र सिल्वरकार्प लगायतका माछाको उत्पादन तथा प्रजननको सिजन भएपनि माछाका लागि दिइने दाना र भुरा बिक्री गर्दा अक्सिजन भर्ने ग्यास सिलिण्डर नभएर माछा उत्पादक समस्यामा भएको छ ।

माछाका भुरा उत्पादन गर्ने मुख्य सिजन फागुनदेखि भदौ महिना भएको भए पनि लकडाउनले बिक्री वितरण पूर्णरुपमा प्रभावित भएको अनुराग फिसरिज एण्ड ह्याचरीका प्राविधिक रामसेवक बढइले जानकारी दिए ।

प्रर्याप्त दाना नहुँदा मागअनुसारको ह्रयाचरी उत्पादनसँगै उत्पादित खाने माछा समेत बिक्री वितरण हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च