दाङमा ९ जनाको रिपोर्ट ‘नेगेटिभ’, ८ जनाको जाँच हुँदै

दाङ – कोरोना विशेष अस्पताल बेलझुण्डी दाङको आइसोलेसनमा भर्ना भएकामध्ये ९ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

अस्पतालमा भर्ना भएका अन्य ८ जनाको स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छ ।

राप्ती गाउँपालिकाका ५ र तुलसीपुर उप-महानगरपालिका ३ जनाको स्वाब परीक्षणका लागि पठाइएको अस्पतालका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभएको छ ।

उनीहरुमध्ये राप्ती गाउँपालिकाका ५ जना कैलालीमा कोरोना देखिएको एक महिला आएको बसमा वीरगन्जबाट आएका र तुलसीपुरका तीन जना दिल्लीबाट आएका थिए ।

मंगलबार पठाइएका ९ जनाको जाँचमा कोरोना नभएको रिपोर्ट आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको छ । यसैबीच पालिकाहरुले बनाएका विभिन्न क्वरेन्टीनमा अहिले ५१ जना बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च