निर्वाचन पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना कोषमा दिने निर्णयप्रति नेकपाका २४ सांसदद्वारा विरोध

काठमाडौं । निर्वाचन पूर्वाधार विकास कार्यक्रमको रकम कोरोना कोषमा पठाउने निर्णयप्रति नेकपाका सांसदहरुले विरोध जनाएका छन् ।

पूर्वाधार विकास कार्यक्रमको रकम कोषमा जम्मा गर्न कार्यव्यवस्था परामर्श समितिले दिएको सहमतिप्रति नेकपाका सांसदले विरोध जनाएका हुन् ।

पूर्वाधार कार्यक्रम सांसदले आ–आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने कोष हो । संसद्को दैनिक कामकारबाहीबारे परामर्श गर्ने समितिले आफ्नो क्षेत्राधिकार बाहिर गएर रकम पठाउन सहमति दिन नसक्ने सांसदहरुले बताएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा गत मंगलबार बसेको समितिको बैठकले यो वर्षको खर्च नभएको रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पठाउन सहमति दिएको थियो ।

नेकपाका प्रत्यक्ष निर्वाचित २४ जना सांसदले निर्णयप्रति असहमति जनाएका हुन् । उनीहरूले पूर्वाधार रकम कोरोना कोषमा पठाउनुपर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र कांग्रेस सांसद गगन थापाका अभिव्यक्तिप्रति पनि छलफलमा असन्तुष्टि जनाएका थिए ।

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेललाई भेटेरै असन्तुष्टि जनाएका छन् ।

उनीहरूले कोरोना महामारी फैलिएर भोकमरी वा आर्थिक संकट देखिए मात्र पूर्वाधार कार्यक्रमको बजेट कोषमा लैजान ध्यानाकर्षण गराएका थिए । स्रोत: इमेज खवर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च