नेपालगञ्ज मेडिकल कलेजको आईसीयुमा भर्ना भएका एक पुरुषको मृत्यु

काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको आईसीयुमा भर्ना भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । वैशाख ३ गते ज्वरो, स्वास प्रश्वास र रुघाखोकीको समस्या लिए अस्पताल भर्ना भएका ती ४२ वर्षका पुरुषको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. रोमन किदवाईले बर्दिया गुलरियाका ती पुरुषको आज बिहान मृत्यु भएको जानकारी दिए ।

“ती पुरुषमा कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण समेत देखिएका थिए,” उनले भने, “ती व्यक्ति बाहिरबाट आएको हुन कि यहीं थिए खुल्न सकेको छैन ।”

उनले पछिल्लो समय अस्पतालमा उपचारका लागि आउनेहरूले बाहिरबाट आएको हो कि यही रहेको कुनै पृष्ठभूमि नबताउँने गर्दा समस्या भएको बताए ।

ती पुरुषको कोरोना परीक्षणका लागि स्वाव संकलन गरेर भैरहवा प्रयोगशालामा पठाइएको उनले बताए । उनले आज राति वा भोलि बिहानसम्ममा रिर्पोट आउने जानकारी दिए ।

अहिले ती पुरुषको कोभिड माापदण्डअनुसार नै अस्पतालमा व्यवस्थापन गरेर राखिएको छ । रिर्पोट नेगेटिभ आए परिवारलाई जिम्मा दिने र पोजेटिभ आएमा दिन नमिल्ने अस्पतालले जनाएको छ । स्रोतः बाह्रखरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च