नयाँ दिल्ली । भारतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ ।
भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १४ हजार ३७८ पुगेको छ । राजधानी नयाँ दिल्लीको निजामुद्दिनमा मार्च १ देखि १५ सम्म भएको मुस्लिम समुदायिको तबलिगी जमातसँग सम्बन्धित चार हजार २९१ कोरोना संक्रमण भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९९१ कोरोना संक्रमित थपिएका छन् । हालसम्म भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८० पुगेको जनाइएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका सचिव लब अग्रवालले जम्मा संक्रमितमध्ये १३ दशमलब ८५ प्रतिशतको उपचार गरेर अस्पतालबाट डिस्चार्ज गरिएको जनाइएको छ ।
सचिव अग्रवालका अनुसार पछिल्लो २८ दिनयता भारतमा २३ राज्यका ४७ जिल्लामा कुनै पनि संक्रमित नभेटिएको बताइएको छ । यहाँ २८ दिनअघि भने कोरोना संक्रमित भेटिएका थिए ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेमा ७५ प्रतिशतभन्दा बढी ६० वर्षभन्दा बढी उमेरका रहेको बताइएको छ ।
लकडाउनका कारण भारतमा रहेका विदेशी नागरिकको भिसा बढाइने भारतीय गृहमन्त्रालयले जनाएको छ । -बीबीसी