बैशाख ६,बागलुङ :
कोभिड-१९ को संक्रमण भएर अस्पता भर्ना भएकी बागलुङकी ६५ वर्षीया महिला पनि डिस्चार्ज भएकी छन्। उनी नेपालमा कोरोना संक्रमित छैटौं बिरामी हुन्। धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचाररत ६५ वर्षीया वृद्धाको चौथोपटक गरिएको थ्रोट स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि उनलाई अस्पतालले शनिबार डिस्चार्ज गरेको हो।
यसअघि नेपालकी दोस्रो संक्रमित काठमाडौंकी युवती प्रशिद्धि श्रेष्ठ पनि कोरोना संक्रमण हटेपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट २७ दिनमा डिस्चार्ज भएकी छन्।