बाँकेमा साँझको समयमा औषधि पसलमात्र खोल्न दिइने

वैशाख ८ ,बाँके।
बाँकेमा सोमबारदेखि साँझको समयमा औषधि पसलमात्र खुल्ने भएको छ । बजारमा ‘लकडाउन’ उल्लंघन गर्नेक्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले खाद्यान्न, तरकारी, डेरीलगायतका पसल साँझ ४ बजेपछि खोल्न नदिने जानकारी गराएको छ ।

जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै औषधिबाहेक कुनैपनि पसल साँझ ४ बजेपछि सञ्चालन गर्न नपाइने जनाएको हो । लकडाउनलाई अझ प्रभावकारी बनाउन साँझ औषधि पसलमात्र खोल्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च