एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बिहिबार प्रमुख कार्यकारी समितिको बैठक बोलाएको छ ।
भिडियो कलको माध्यमबाट बैठक आयोजना हुंदैछ । बैठकमा १२ पूर्ण सदस्य राष्ट्र र ३ एसोसियट राष्ट्रको सहभागिता रहने बताईएको छ ।
बैठकमा कोरोना भाईरसको कारण स्थगित क्रिकेट गतिविधिबारे महत्वपूर्ण निर्णय हुने बताईएको छ । यस्तै सरकारसँगको सहकार्य गर्दै पुन अन्तर्रा्ष्ट्रिय क्रिकेट सुचारु गर्ने विषयमा छलफल हुनेछ ।
बैठकमा विश्व टेष्ट च्याम्पियनसिप, यसै वर्ष हुने आईसीसी टी–ट्वेन्टी विश्वकप क्रिकेट, विश्व क्रिकेट लिग–२ लगायतका विषयमा समेत छलफल हुने बताईएको छ ।
कोरोना महामारीका कारण विश्व क्रिकेट ठप्प छ । जसको असर अन्तर्राष्ट्रिय खेल तालिकामा परेको छ ।
कोरोनाका कारण आईसीसीले आगामी जुलाईसम्मको अन्तर्रा्ष्ट्रिय क्रिकेट स्थगित गरिसकेको छ ।