भारतमा र्‍यापिड परीक्षणमा रोक ,साढे ५ प्रतिशत मात्र सही नतिजा

काठमाडौं । भारतले कोरोना भाइरस संक्रमण पत्ता लगाउन प्रयोग गरिदै आएको र्‍यापिड परीक्षणमा रोक लगाएको छ ।

र्‍यापिड टेष्टको नतिजा भरपर्दो नभएको पाईएपछि परीक्षणमै रोक लगाइएको हो ।

गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चले संयुक्त पत्रकार सम्मेलन गरी आगामी दुई दिनसम्म ‍र्‍यापिड टेस्ट किटबाट कोरोना परीक्षण नहुने जानकारी दिएका हुन् ।

यसअघि राजस्थान राज्य सरकारले कोरोना संक्रमितको नतिजा समेत ‍¥यापिड किटले नेगेटिभ देखाएको भन्दै किटबाट परीक्षण बन्द गर्ने निर्णय गरेको थियो ।

र्‍यापिड टेष्टबाट साढे ५ प्रतिशत मात्रै नतिजा सही आएको पाइएको भन्दै राजस्थान राज्य प्रतिबन्ध गरेको हो ।

भारतमा कोरोना भाइरसबाट १८ हजार ६ सय १ जना संक्रमित भएका छन् भने ५ सय ९० जनाको मृत्यु भइसकेको छ । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च