चट्याङ लागेर एक महिलाको मृत्यु

बैशाख १०, बाग्लुङ ।
बाग्लुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीमा चट्याङले लागेर एक महिलाको मृत्यु भएको छ। मंगलबार दिउँसो परेको चट्याङबाट करिब ६० वर्षीया बिजुली खत्रीको मृत्यु भएको हो।

घरमै रहेका बेला चट्याङले लागेर बेहोस भएकी बिजुलीलाई उपचारका लागि अस्पताल पु¥याएपछि मृत्यु भएको वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले जानकारी दिए।

यस्तै, उनीसँगै रहेका उनका पति करिब ६५ वर्षीय श्रीमान सोमबहादुर सामान्य घाइते भएका छन्। चट्याङ परेका बेला घरमा श्रीमान श्रीमती मात्रै रहेको स्थानीयले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च