नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा एक हजार ६८४ संक्रमित थपिएका छन् । भारतमा पछिल्ला केही दिनयता संक्रमितको संख्या दैनिक बढिरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङका क्रममा भारतमा पछिल्लो २४ घण्टामा ४२४ कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको जानकारी दिएको छ । हालसम्म भारतमा कोरोना संक्रमितको संख्या २३ हजार ७७ पुगेको छ । उपचारपछि ठिक हुनेको संख्या देशभरमा चार हजार ७४९ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन कुल संक्रमितको २० दशमलव ५७ प्रतिशत मानिसहरु ठिक भएको बताइएको छ ।
भारतमा थप १५ जिल्लामा नयाँ कोरोना संक्रमित फेला परेको बताएका छन् भने ८० वटा जिल्लामा १४ दिनदेखि नयाँ संक्रमित देखिएका छैनन् । भारतमा कोरोना परीक्षणको दायर थप बढाइने जनाइएको छ । स्वास्थ्य मन्त्रायले कोरोना रोकथामका लागि जारी गरिएको लकडाउन प्रभावकारी भएको समेत बताइएको छ ।
भारतमा यसअघि २१ दिन जारी गरिएको लकडाउन १४ अप्रिलमा सकिएपछि ३ मेसम्म थप गरिएको थियो । -एएनआई