वैशाख १४ ,काठमाडौं ।
झापामा थप एक जना कोरोना संक्रमित फेला परेका छन् । आइतबार कोशी अन्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणमा ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यी नयाँ संक्रमित झापा राजगढ निवासी जमाती हुन् । यसअघि १२ वैशाखमा झापाकै ६२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको थियो ।
यसअघि वीरगञ्जका दुई जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको थियो । यो संगै नेपालमा संक्रमितको सङख्या ५२ पुगेको छ । संक्रमित मध्ये १६ जना निको भएर घर फर्किएका छन् ।