कपिलबस्तु ।
कपिलबस्तुमा लकडाउनको समयमा जबर्जस्ती करणीका सात घटना घटेका छन् । कोरोना भाइरस (कोभिड –१९) संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका सात उजूरी दर्ता भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
घटनामा १० किशोरी र एक महिला पिडित भएका छन् । किशोरीहरु आफन्त र चिनजान भएका व्यक्तिबाटै पीडित भएका हुन । घटना आफन्त र छर छिमेकबाट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
जबर्जस्ती करणीका सात मुद्दा दर्ता भई अदालतबाट म्याद थपिएको प्रनाउ मल्लले जानकारी दिए । जिल्लामा चालु आर्थिक वर्षको अहिलेसम्म जबर्जस्ती करणीका २६ मुद्दा दर्ता भएको छ ।