प्रदेश नं ५ मा दुइ जनामा कोरोना पोजेटिभ

बुटवल – प्रदेश नं ५ मा दुइ जनामा कोरोना पोजेटिभ देखिएको छ । रुपन्देहीका एक जना २५ बर्षका युवक र बाँकेका एक जना ६० बर्षे पुरुषको स्वाब परिक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो । नेपालगञ्जको नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपि रोड स्थित महेन्द्र पार्कका ६० बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । उनी एक महिना अघि भारतबाट फर्केको बताइएको छ ।

यता रुपन्देहीमा पनी भारतको दिल्लीबाट फर्केका युवामा कोरोना पोजेटिभ देखिएको छ । कोटहीमाइ ५ को मर्चवार आर्दश उच्चमाविको क्वारेन्टाइनमा बसेका पासी थरका ती युवाको स्वाव राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रदेश ५ को प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा राजेन्द्र कुमार गिरीले जनकारी दिनु भयो ।

रुपन्देहीमा भारत तथा तेश्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको स्वाब टेष्ट गर्ने रणनीति अनुरुप गत बुधबार २ सय ४३ जनाको स्वाव संकलन गरीएको थियो । त्यसमध्ये १ सय ३४ वटा नमुनाको परिक्षण भैरहवाकै ल्यावमा गरीएको थियो ।
किट अभाव हुँदा बाँकी १०९ वटा स्याम्पल बुधबार साँझै राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । टेकु पठाइएका नमुना मध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश प्रयोगशालाकाका प्रमखु डा।गिरीले बताउनु भयो ।

कारोना पाजेटिभ देखिएका कोटहीमाइका ती युवालाइ आजै बुटवलको कोरोना विशेष अस्थाइ अस्पतालमा लगीएको छ । अस्पतालका अनुसार अहिले सम्म ती युवाको स्वास्थ्य अवस्था सामान्य छ । उनमा रुघा खोकी ज्वरो जस्ता कुनैपनि स्वास्थ्य समस्या नदेखिएको अस्पतालले जनाएको छ । युवाका परिवारलाइ होम क्वारेन्टाइनमा राखीएको छ । प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोद गिरीले परिवारका सदस्यको स्वाव परिक्षण र कन्टयाक्ट ट्रेसिङको काम सुरु गरीएको जानकारी दिनु भयो

भारतको दिल्लीबाट फर्केको भनिएका ती युवा गत बैशाख ५ गते लुकेर नेपाल प्रसेका थिए । मालसामान बोक्ने गाडीमा नेपालको सिमा नजिकै आएपछि उनी खेतको बाटो हुँदै वारी आएका थिए । रुपन्देहीको लुम्बिनी स्थित कक्रहवाको कालिदह नाकाबाट नेपाल पसे लगत्तै उनका दाजुले उनलाइ साइकलमा राखेर कालीदहबाट सिधै आफनो गाँउपालिकाको क्वारेन्टाइनमा लगेको स्वास्थ्यका अधिकारीहरुलाइ बताएका छन ।

आफुहरुसंग क्वारेन्टाइनमा रहेका व्यक्तिलाइ कोरोना पोजेटिभ देखिएपछि कोटहीमाइको क्वारेन्टाइनमा बस्नेहरु आत्तिएका छन । भारतसंग सिमा जोडीएको कोटहीमाइ गाँउपालिकाको सो क्वारेन्टाइनमा लकडाउन सुरु भएपछि नेपाल प्रवेस गरेका १० जना छन ।

पछिल्लो समय ६ जना थपिएका छन । लकडाउनमा सिमा क्षेत्रको सुरक्षा व्यवस्था कडा पारीएको भनिएपनि प्रदेश नं। ५ का बिभिन्न जिल्ला स्थित सिमानाकामा भारतबाट लुकेर नेपाल प्रवेस गर्ने क्रम रोकीएको छैन । जसले कोरोनाको जोखीम बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च