राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने

काठमाडौं । चालू आर्थिक वर्षमा राष्ट्रिय खेलकुद परिषद्को झण्डै ५० करोड रुपैयाँ बजेट फ्रिज हुने देखिएको छ ।

जारी कलडाउनका कारण बजेट खर्च हुन नसक्दा करिव ५० करोड रुपैयाँ फ्रिज हुने भएको हो ।

सरकारले खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षमा तीन अर्व ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमध्ये खेल संघका लागि तीन अर्ब ४७ करोड, प्रदेशका लागि ३६ करोड ५१ लाख र स्थानीय तहका लागि १४ करोड ७३ लाख रुपैयाँ विनियोजन भएको थियो ।

जसमा युवाको बजेट कटौती गरेर तीन अर्ब रुपैयाँ खेलकुदलाई आएको थियो ।

अघिल्लो आर्थिक बर्षमा चार करिब अर्ब १९ करोड रुपैयाँ बजेट बिनियोजन भएको थियो ।

चालू आर्थिक वर्षमा पूर्वाधार निर्माणका लागि बजेट छुट्याएपनि आर्थिक वर्ष सकिनै लाग्दा तोकिएको बजेट खर्च हुन नसकेर ५० करोड जति फ्रिज हुने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च