वैशाख २१ ,अर्घाखाँची ।
जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर–६, खिल्जीमा जंगली च्याउ खाँदा एक जनाको ज्यान गएको छ । च्याउ खाएका मध्ये तीन जना बिरामी परेका छन् ।
जंगली च्याउको पहिचान नगरी पकाएर खाएका चारजना मध्ये ३० वर्षीया रामकला महत्राको उपचारका क्रममा बुटवलको लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको हो ।
मृतककी छोरी सात वर्षीया बिप, सासू ५८ वर्षीया लालसरी र देउरानी २१ वर्षीया लक्ष्मी महत्रा बिरामी छन् ।तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।
समस्या जटिल देखिएपछि बुटवल सिफारिस गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले जानकारी दिए ।