लकडाउनको नयाँ मोडालिटीबारे उच्चस्तरीय समितिमा छलफल

बैशाख २२, काठमाडौं ।
कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको मोडालिटीका विषयमा छलफल गरेको छ। सिंहदरबारमा सोमबार बसेको समन्वय समिति बैठकमा बैशाख २५ गतेपछि लकडाउनको मोडालिटी कस्तो हुने भन्ने विषयमा छलफल भएको हो। पछिल्ला दिनहरुमा तराईका जिल्लामा संक्रमणको बढ्दो अवस्थामा रहेको र परीक्षण पनि ब्यापक भइरहेको अवस्थालाई मध्यनजर गर्दै २५ गतेपछि लकडाउन कस्तो हुने भन्ने विषयमा बैठकमा छलफल भएको छ।

प्रधानमन्त्ती तथा मन्त्तिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले कोभिड १९ रोकथामका लागि अहिलेसम्म भएका प्रयास र आगामी दिनमा लकडाउनको अवस्था कस्तो हुने भन्ने विषयमा छलफल भएको जानकारी दिए। स्थानीय तहहरुसँग समन्वय गरी अब कसरी जाने भन्ने विषयमा मंगलबारको बैठकले निर्णय गर्न सक्ने उनले बताए।

अहिले लकडाउनका विषयमा आन्तरिक गृहकार्य र विश्लेषणको कार्य जारी रहेको उल्लेख गर्दै सचिव विडारीले मंगलबार समितिले लकडाउनको मोडालिटीका विषयमा मस्यौदा तयारी गरी सरकारलाई दिन सक्ने बताएका छन्‌। समितिको मस्यौदा अध्ययन गरी सरकारले निर्णय लिने उनको भनाई छ। सरकारले पछिल्लो समय थप गरेको लकडाउनको अवधि बैशाख २५ गते सकिँदैछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च