दाङमा लकडाउन कडा : तुलसीपुर बजारबाट २१ जना पक्राउ

तुलसीपुर ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले लकडाउनको उल्लंघन गरेको भन्दै तुलसीपुर बजारबाट २१ जनलाई नियन्त्रणमा लिएको छ । नेपालगञ्जमा कोरोनाको संक्रमण देखिएपछि कडाई गरेको प्रहरीले पहिलो पटक यति ठूलो संख्यामा नागरिकहरुलाई नियन्त्रणमा लिएको हो ।

सामाजिक दुरी कायम नराखेको, बजारमा विनाकामै लखर लखर हिडेका कारण नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा प्रवक्ता चक्र डम्बरपालले जनकारी दिए । लकडाउन प्रहरीका लागि भन्दा पनि स्वयम् नागरिकको सुरक्षाका लागि पनि भएकाले यसको पूर्ण पालना गर्नु सबैका हितमा भएको प्रवक्ता डम्बर पालले बताए । प्रहरीले आईतबारदेखि अत्यावश्यक काम भन्दा अन्य काममा हिड्न प्रतिवन्ध लगाएको छ ।

पक्राउ परेका अधिाकांस नागरिकहरु तुलसीपुर क्षेत्रका छन भने एक जना बर्दियाका रहेको प्रहरीले बताएको छ । प्रहरीले केही सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च