काठमाडौं ।
गत डिसेम्बरको अन्त्यबाट फैलिएको कोरोना महामारीका कारण विश्वभर २ लाख ६४ हजार १ सय २८ जनाको मृत्यु भएको छ ।
३८ लाख १२ हजार ७ सय १० जना संक्रमित मध्ये १२ लाख ९२ हजार ४६ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७४ हजार २ सय जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख ५८ हजार नाघेको छ ।
इटालीमा २ लाख १४ हजार बढी संक्रमितमध्ये २९ हजार ६ सय ८४ जनाकोे मृत्यु भएको छ ।
स्पेनमा २ लाख ५३ हजार ६ सय ८२ कोेरोना संक्रमित मध्ये २५ हजार ८ सय ५७ जनाको मृत्यु भएको छ ।
बेलायतमा संक्रमितको संख्या २ लाख १ हजार नाघ्दा ३० हजार बढीको मृत्यु भएको छ । यस्तै फ्रान्समा संक्रमितको संख्या १ लाख ७४ हजार नाघेको छ ।
जसमध्ये ३० हजार बढीको मृत्यु भइसकेको छ । यस्तै जर्मनीमा १ लाख ६८ हजार बढी संक्रमितमध्ये ७ हजार २ सय ७५ जनाको मृत्यु भएको छ ।
भारतमा पनि कोरोना संक्रमणको दर उच्च छ । ५२ हजार ९ सय ८७ जनामा संक्रमण देखिएको छ भने १ हजार ७ सय ८५ जनाको मत्यु भएको छ ।
पाकिस्तानमा २३ हजार २ सय १४ जना कोरोना संक्रमित हुँदा ५ सय ४४ को मृत्यु भएको छ ।(एजेन्सी)