काठमाडौं । सत्तारुढ नेकपाका असन्तुष्ट स्थायी समिति सदस्यहरुले बैठक तत्काल बोलाउन अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दवाव दिएका छन् ।
हिजोका लागि तय गरिएको स्थायी समिति बैठक स्थागित भएपछि रुष्ट बनेका २० जना स्थायी समिति सदस्यहरुले अध्यक्ष दाहाललाई भेटेर तत्काल बैठक बोलाउन दवाव दिएका हुन् ।
१५ दिनअघि दुई अध्यक्षलाई सचिवालय बैठक बोलाउन माग गरेका २० नेताको छुट्टै बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बसेको हो ।
उनीहरुले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर स्थायी कमिटी बैठकका लागि छ बुँदे एजेण्डासमेत बुझाएका थिए ।
जवाफमा अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेर चाँडै नै स्थायी कमिटी बैठक बोलाउने आस्वासन दिएका थिए ।
बैठकका लागि मिति, समय र स्थान तोकेर पनि अन्तिम समयमा स्थगित गरिएको भन्दै २० स्थायी समिति सदस्यले छुट्टै बैठक गरेका हुन् ।
नेकपा स्थायी समितिमा ४४ सदस्य छन् । पार्टी विधानमा २५ प्रतिशत सदस्यले माग गरे स्थायी समिति बैठक हुने व्यवस्था छ ।
बैठक माग गरेको १५ दिनभित्र बोलाउने पर्ने प्रावधान विधानमा भए पनि त्यो कार्यान्वयन हुन नसकेको भन्दै नेताहरु असन्तुष्ट छन् ।
वैशाख २० गतेको सचिवालय बैठकले स्थायी समिति बैठकको मिति, समय र स्थान टुंगो लगााए पनि एजेण्डा तय भइनसकेको र थप गृहकार्य आवश्यक भएको भन्दै अनिश्चित कालका लागि स्थगित गरेको हो । इमेज खवर