नेपालगञ्जमा चार घण्टा अत्यावश्यक सामग्री खरिद बिक्री गर्न पाईने

बैशाख २६, नेपालगञ्ज ।
कोरोना भाइरस संक्रमित भेटिएको नेपालगञ्जमा स्थानीय प्रशासनले शुक्रबारदेखि चार घण्टा अत्यावश्यक सामग्री खरिद बिक्री गर्न दिएको छ। सर्वपक्षीय बैठकले शुक्रबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म अत्याश्यक सामान खरिदका लागि निषेधित क्षेत्रलाई खुकुलो गरेको हो।

तर, भीडभाड हुने तर, त्रिभुवनचोक, विपीचोक र रानीतलाउको सब्जीमण्डी नखुल्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। सब्जीमण्डीमा अति भीडभाड हुने भएकोले अर्को निर्णय नहुँदासम्मका लागि बन्द रहने भएको छ।

यस्तै, सवारी साधन पूर्णरुपमा निषेध गरिएको छ। सामान खरिद गर्दा भीडभाड गर्न नपाइने, सामाजिक दूरी कायम गर्नुपर्ने, सवारी साधन सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ। भीडभाड गर्ने, सामाजिक दूरीको उल्लंघन गर्नेलाई कानुन बमोजिम कारवाही हुने पनि सहायक प्रजिअ उपाध्यायले बताए।
नेपालगञ्जमा २३ जनामा कोरोना देखिएपछि सर्वपक्षीय बैठकले तीन दिन निषेधित क्षेत्र घोषणा गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च