काठमाडौं । विश्वमा नोबल कोरोना भाइरस कोभिड नाइन्टिनको महामारीका कारण २ लाख ७५ हजार ५ सय ३४ जनाको मृत्यु भएको छ ।
४० लाख ९ हजार ४३ जना संक्रमित मध्ये १३ लाख ७७ हजार ९ सय ३१ जना उपचारपछि निको भएका छन् ।
पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७८ हजार ५ सय ७७ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १३ लाख २० हजार ८ सय नाघेको छ ।
बेलायतमा संक्रमितको संख्या २ लाख ११ हजार ३ सय नाघ्दा ३१ हजार २ सय ४१ जनाको मृत्यु भएको छ ।
उता इटालीमा २ लाख १७ हजार १ सय भन्दा बढी संक्रमितमध्ये ३० हजार २ सय १ जनाकोे मृत्यु भएको छ ।
स्पेनमा २ लाख ६० हजार बढी कोेरोना संक्रमित मध्ये २६ हजार ३ सयको मृत्यु भएको छ । यस्तै फ्रान्समा संक्रमितको संख्या १ लाख ७६ हजार नाघेको छ ।
जसमध्ये २६ हजार २ सय बढीको मृत्यु भइसकेको छ । यस्तै जर्मनीमा १ लाख ७० हजार ५ सय बढी संक्रमितमध्ये ७ हजार ५ सय १० जनाको मृत्यु भएको छ ।
चीनमा ८२ हजार ८ सय ८६ जना संक्रमितमा ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।
यस्तै भारतमा संक्रमितको संख्या बढेर ५९ हजार ६ सय नाघेको छ भने मृत्यु हुनेको संख्या १ हजार ९ सय ८५ पुगेको छ ।
पाकिस्तानमा २६ हजार ४ सय बढी संक्रमित मध्ये ५ सय ९९ जनाको मृत्यु भएको छ । (एजेन्सी)