घरायसी विवादका कारण श्रीमतीको हत्या

चितवन ।
घरायसी विवादका कारण पूर्वी चितवनमा शनिबार राति एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् ।

खैरहनी नगरपालिका–९ सिमलटाँडीका ४२ वर्षीय कृष्णप्रसाद अधिकारीले ३४ वर्षीया श्रीमती मञ्जुको खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

हत्या गर्ने कृष्णप्रसादलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालले जानकारी दिए ।

निजका दुई श्रीमती रहेको जनाइएको छ । मञ्जु कान्छी श्रीमती हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कोइरालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च