भारतमा एकैदिन ४३ सय बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिए

वैशाख २९, काठमाडौं ।
कोरोना भाइरसको संक्रमणका कारण भारतमा एकैदिन ४३ सयभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । यो एकै दिन फेला पर्नेमा हालसम्मकै सर्वाधिक संख्या हो ।

आइतबार भारतमा कोरोना ४ हजार ३५३ नयाँ संक्रमित फेला परेका छन् । शनिबार त्यहाँ ३ हजार ११३ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ३४४ नयाँ संक्रमित भेटिएका थिए । बिहीबार पनि त्यहाँ ३ हजार ३६४ नयाँ संक्रमित फेला परेका थिए ।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार नाघेको वर्ल्डो मिटर्सको तथ्यांकले देखाएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार २१२ पुगेको छ ।

पछिल्ला केही दिनयता दैनिक मृत्यु संख्या १ सय हाराहारी वा सोभन्दा बढी देखिँदै आएको भारतमा दैनिक ३ हजारभन्दा बढी नयाँ संक्रमित फेला पर्दै आएका थिए । तर आइतबार भने नयाँ संक्रमित ४ हजारमाथि पुगेका छन् ।

यसैबीच भारतमा २० हजार ९६९ जना भने कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् । बाँकी ४३ हजार ९ सयभन्दा धेरै बिरामी उपचाररत छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि भारतीय सरकारले नियन्त्रणको उपायस्वरूप लकडाउन जारी राखेको छ । पछिल्लो चरणको लकडाउन मे १७ सम्म कायम रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च