गोपाल प्रसाद भट्टराई
बैशाख–३०,अर्घाखाँची ।
छिमेकी मुलुकले मिचेको भूमि फिर्ता नगरे मुद्धा अन्तराष्ट्रियकरण गर्न अर्घाखाँचीबाट तिन विद्यार्थि संगठनले सरकारलाई सुझाव दिएका छन् । विश्व कोरोना कहरसंग आक्रान्त बनिरहेको बेलामा भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको प्रति बिरोध गर्दै विद्यार्थिहरुले अतिक्रमित भूमि तत्काल फिर्ता नगरे मुद्धालाई अन्तराष्ट्रियकरण गररै भएपनि समाधान गर्नुपर्ने बताएका हुन् ।
अनेरास्ववियु,नेविसंघ र अखिल छैठौंले जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई संयुक्त ज्ञापन पत्र बुझाउँदै खोसिएको नेपाली भूमि फिर्ता गर्न र सिमा सुरक्षामा बिशेष ध्यान दिन सरकारसंग माग गरेका छन् । अखिल छौठौंका केन्द्रीय सचिव गोपाल प्रसाद भट्टराई,अनेरास्ववियुका जिल्ला संयोजक लक्ष्मण खड्का र नेविसंघका जिल्ला अध्यक्ष भरतमणी भट्टराईले हस्ताक्षर गरेको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले कोरोनाको छटपटीको समयमा पनि विद्यार्थिहरु राष्ट्रिय स्वाधिनताको लडाईंमा जुटेकोमा धन्यावाद दिए ।
प्रमुख जिल्ला अधिकारी पौडेलले ज्ञापनपत्र सम्बन्धित ठाउँमा पठाउने बचन समेत दिएको अखिलका जिल्ला संयोजक लक्ष्मण खड्काले जानकारी दिए ।
केहीदिन अगाडि चिनले सगरमाथा आफ्नो भूमिमा भएको समाचार चिनिया मिडियामा प्रकाशन भएको बिषयले दुवै छिमेकीले नेपालमाथि हेपाहा प्रवृति देखाएको भन्दै संगठनहरुले राष्ट्रियताको लडाईमा युवाविद्यार्थिहरुको सरकारलाई सदैव साथ रहने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
छिमेकीहरुको नाङ्गो हस्तक्षेपका बिरुद्ध सबै नेपालीलाई एक जुट हुन समेत उनिहरुले अपिल गरेका छन् ।