जेठ १ देखि ५ गते सम्म आवतजावत पूर्ण रूपमा बन्द

बैशाख ३१,गुल्मी ।
गुल्मी जिल्लामा ५ दिन सम्म आवतजावत पूर्ण रूपमा बन्द हुने भएको छ । बुधवार जिल्ला प्रशासन कार्यालय तम्घासले अत्यन्त जरुरी सूचना जारी गर्दै जेठ १ गते विहिवार बिहान ६ बजेदेखि ५ गते मध्यरात सम्म सम्पूर्ण आवतजावत पूर्ण रूपमा बन्द गर्ने निर्णय गरको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला समिति गुल्मीको बुधवार बसेको बैठकले ५ दिन सम्म गुल्मी जिल्ला पूरै सील गर्ने निर्णय गरेको हो । यद्यपी एम्बुलेन्स, शववाहन, मृत्युसंस्कार, विद्युत, संचार, खानेपानी, औषधि र इन्धन बोकेका सवारी साधनहरू भने चल्न पाउने छन् ।

प्रशासनले सर्वसाधारणलाई बिरामी नभएको अवस्थामा बाहेक घरबाहिर निस्कन पूर्ण रूपमा बन्देज लगाइएको छ । प्रशासनको आदेश उल्लङ्घन गर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने उक्त सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च