छिमेकी जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि पाल्पा जिल्ला सिल

जेठ ३, तानसेन ।
सिमावर्ती जिल्ला रुपन्देही र कपिलवस्तुमा कोरोना संक्रमित बढ्दै गएपछि पाल्पा जिल्लालाई सिल गरिएको छ । सिमा जोडिएका जिल्लामा दिन प्रतिदिन कोरोना भाइरस संक्रमित बढ्दै गएपछि जिल्लालाई उच्च जोखिममा रहेको ठहर गर्दै शनिबार बिहानदेखि लागू हुनेगरी स्थानीय प्रशासनले जिल्लालाई सिल गरेको हो ।

जेठ ५ गते राति १२ बजेसम्मका लागि पुरै जिल्ला सिल गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए । रुपन्देही र कपिलवस्तुका विभिन्न स्थानमा संक्रमण देखिएपछि कोरोना भाइरस संक्रमण रोकथामका लागि गठित जिल्लास्तरीय समिति (सीसीएससी) को बैठकले अन्य जिल्लासँगको आवतजावत पूर्ण रुपमा बन्द गरेको प्रजिअ सुबेदीले बताए ।

सुवेदीका अनुसार औषधिबाहेकका अन्य सबै आयात र निर्यातमा समेत रोक लगाइएको छ । सुबेदीका अनुसार अर्घाखाँची, गुल्मी र स्याङ्जाका सीमा क्षेत्रमा बिशेष निगरानी बढाइने छ ।

यसअघि कपिलवस्तुसंग जोखिम बढेको भन्दै अर्घाखांची र बाग्लुङबाट जोखिम हुने भन्दै गुल्मीले जिल्ला सिल गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च