काठमाडौँ– काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमण पोजेटिभ देखिकी महिलाको सम्पर्कमा आएका सम्पूर्णको थ्रोट स्वाब संकलन गरिएको छ।
मृतक महिलाको सम्पर्कमा आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिन सक्ने भएका कारण अस्पतालका चिकित्सक, नर्स, कर्मचारी र उनका आफन्तको थ्रोट स्वाब संकलन गरिएको हो।
मृतकको रिपोर्ट पोजेटिभ आएसँगै धुलिखेल अस्पताल ‘सिल’ गर्नुका साथै चिकित्सक, नर्स र अस्पतालका कर्मचारीलाई अस्पतालकै आइरसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको छ।
महिलामा संक्रमण पोजेटिभ देखिएपनि उनको मृत्युबारे अनुसन्धान भने भइरहेको छ।