विदेशमा रोकिएका नेपालीलाई उद्धार गर्न उच्चस्तरीय समितिको प्रस्ताव

जेठ ४,काठमाडौं ।
कोरोना भाइरस नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले विदेशमा अड्किएका तथा अलपत्र परेका नेपालीहरुको उद्धार गर्न नेपाल सरकारलाई प्रस्ताव गरेको छ।

उच्चस्तरीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीका अनुसार विदेशमा रहेका नेपालीलाई नेपाल फर्काउने मोडालिटीबारे समितिको बैठकमा छलफल भएको हो। मन्त्रिपरिषद् बैठकमा यसबारे प्रस्ताव पनि पठाइएको छ।

लकडाउनका कारण थुप्रै नेपालीहरु भारत, खाडी मुलुक, युरोप, अमेरिका, अष्ट्रेलियालगायत विश्वका धेरै मुलुकमा अड्किएका तथा अलपत्र परेका छन्।

बैठकले लकडाउनको समय लम्ब्याउन पनि मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च