गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

जेठ ५,बुटवल ।
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

जेठ १ गते जन्डिसले थलिएर आएका अस्पताल आइपुगेका उनलाई शुरुमा आईसियुमा राखेर उपचार गरिएको तर अवस्थामा सुधार नभएपछि २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

गुल्मीको मदाने गाउँपालिका ६ का ४१ बर्षिय उनलाई कोरोना संक्रमणको पुष्टि सोमबार भएको हो । जन्डिसले थलिएर आएका उनको रुपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भइरहेको हो ।

अस्पतालमा उपचाररत व्यक्तिमा कोरोना देखिएपछि अहिले अस्पताललाई शिल गरिएको छ । उनको सम्पर्कमा रहेका व्यक्तिहरुको खोजी पनि थालिएको छ ।

उता अर्घाखाँचीको सन्धिखर्कमा रहेको छाया पोलिक्लिनिक पनि शिल गरिएको छ । संक्रमित भनिएका गुल्मीका शिक्षकले सन्धिखर्कमा रहेको क्लिनिकमा चेकजाँच गराएको र उनलाई कोरोना पुष्टी भएपछि मेडिकल शिल गरिएको मेडिकल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

गृहपृष्ठ
ट्रेन्डिङ
ताजा अपडेट
सर्च